AnonymousUser

Logout

क्रिकेट संघमा पारसको 'ब्याटिङ': चुनौतीसँगै अवसर

पारसले मैदानबाहिरको खेल खेल्न साह्रै गाह्रो हुने बताउने गरेका छन्। क्यानको चुनाव लड्दासमेत ठूलै पहाड चढेको महसुस गर्ने उनी त्यहाँको बेथिति र अस्तव्यस्ततासित कसरी जुध्लान् भन्ने प्रश्न तेर्सिएको छ।

हामी यस्तै त हो नि..

‘वैकल्पिक राजनीति’ले परस्पर विपरीत ध्रुवझैँ देखिने नेपाली आप्रवासी कामदारका दु:ख र समाजका हुनेखाने वर्गका आकांक्षा दुवैलाई अँगाल्न सकेन भने उनीहरूका राजनीतिक चालबाजी किशोरावस्थाका कल्पनाझैँ बन्नेछन्।

लोकरिझ्याइँको प्रतिरोध लोकरिझ्याइँले गर्न सक्दैन

हामीले सडकमा अराजकता हुनुपर्छ भनेको पटक्कै होइन। निश्चित समय तोकेर र न्यूनतम शुल्क लिएर सडक व्यवसाय सञ्चालन गर्न दिइनुपर्छ भन्ने माग हो। अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो।

बढ्दो छ डाक्टर तथा बिरामीबीचको दूरी र द्वन्द्व

कर्णाली प्रदेश अस्पतालमा १५० कर्मचारी दरबन्दीको जनशक्तिले ३०० बेडको अस्पताल चलाएका छौँ। तोकिएभन्दा दुई गुणा बढी समय दिएर सेवा गर्नुपरेको छ। त्यही भएर बिरामको काउन्सिलिङ र जाँच गर्न लामो समय हुँदैन।

को हौँ हामी कर्णालीवासी?

समाजमा कैयौँ काव्यहरू रचिएका छन्। सानो हुँदा हामीले सुनेका रहस्यमय र काल्पनिक कथाका पात्रहरूलाई हामी बिस्तारै वास्तविक चरित्रका रूपमा लिँदा रहेछौँ। आस्थाको रूपमा बदलिँदो रहेछ।

शिक्षामा राजनीतिक हस्तक्षेप र व्यापारीकरण रोक्नुपर्छ भन्नुहुन्थ्यो बीपी

हरेक विश्वविद्यालयबाट आ–आफ्नो विषयको ज्ञान लिएर विद्यार्थीहरू निस्कँदा उनीहरूले आफ्नो पेटमा आगो लिएर आउनुपर्ने हो। विषयगत क्षेत्र परिवर्तन र विकास गर्ने हुटहुटी लिएर आउनुपर्ने हो।

ती ओशो, यी आनन्द अरुण

धीरेन्द्रकृष्ण शास्त्रीको जस्तो अन्धविश्वासको खुलेआम प्रचारले यसै कमजोर नेपालीहरूको आध्यात्मिक विकासलाई थप अवरुद्ध गरेको मेरो मूल्यांकन छ।

नागरिकको हैसियत नै बराबर नहुँदा अरू हक कसरी समान हुन्छन्? 

संविधानमा मूलरूपमा दुई वटा विभेद छन्। पहिलो, पुरुष नागरिक र महिला नागरिकका सन्तानले पाउने पहिचानमै विभेद छ। दोस्रो, पुरुष नागरिक र महिला नागरिकको परिवार र सम्पत्तिको हक तथा पहिचानमा विभेद छ।

संविधान: अझै छैन पूर्ण धर्मनिरपेक्षताको अभ्यास

'धार्मिक' भन्नेबित्तिकै चोख्याएर बलात्कार आरोपीलाई समेत राष्ट्रप्रमुखसँगै राख्ने अभ्याससमेत यदाकदा देखिएको छ। निरन्तर भौतिकवाद र धर्मनिरपेक्षताको वकालत गर्नेहरूबाट आजको दिनमा यस्तो अपेक्षा गरिँदैन। 

फुटपाथको तानातान: ‘माथिको आदेश’, निम्छराहरूबीच मारमुंग्री

शहर पसी आफ्नो तथा परिवारको जीवनयापन गर्ने सन्दर्भमा कैयौँ परिवारको जीवन फुटपाथसँग जोडिएको छ। कुनै विकल्प नभएपछि, पैसा सकिएपछि या अन्य काममा असफल भएपछि मान्छेहरू जीविकोपार्जन गर्न सडकमा पुगेका हुन्।

तीजको लहर कि कहर? 

९१ वर्षसम्म हिन्दू उच्च जात कहलिएका भारतीय महिलाले आत्मदाह नगर्दा पनि धर्म उल्लंघन गरेको ठहरिएन, तर सोही धर्म र जातका नेपाली महिलाहरूलाई भने भटाभट डढाएर मारियो।

शासक वर्गीय अर्थशास्त्र उत्पादन गर्ने विश्वविद्यालय

विश्वविद्यालयहरूमा प्राध्यापकको मूल मान्यताभन्दा भिन्न प्रश्नहरू गर्न मनाही छ। बजारभन्दा पर वस्तु उत्पादन गर्ने ठाउँ अर्थात् कार्यस्थल, समाजको गरिबी, आयको असमानता आदिबारे प्रश्न गर्न पाइँदैन।

सत्यको इतिहास र उद्‌विकास

उत्तरआधुनिक संसारमा कुनै विश्वव्यापी सत्य छैन, छ त केवल आ-आफ्नो भाष्य र कथा। यी चुनौतीहरूको बाबजुद पनि वस्तुनिष्ठताको वकालत गर्नेहरूका लागि केही आशा भने अझै बाँकी छ।

कोतपर्व मच्चाउने महारानी

लप्टन देवीबहादुर कुँवर महारानीकी द्वारेसँग प्रेममा थिए। ती द्वारेबाट महारानी र गगनसिंहबीचको अनुचित सम्बन्ध सुनेका थिए। झोँकैझोँकमा यो कुरा प्रचार गरेपछि देवीबहादुरलाई ज्यान सजाय सुनाइएको थियो।

धसिएर काम गर्ने डाक्टरमाथि हमला हुँदा समाजलाई हानि

चिकित्सकीय अभ्यासको क्रममा कहीँ त्रुटि भयो होला। पीडित पक्षले केही अनपेक्षित नतिजा वा आशा नगरिएको परिणाम भोगे होलान्। तर कुटपिट, हातपातजस्ता प्रतिक्रिया असामान्य, क्रूर र अस्वाभाविक देखिन थालेको छ। 

गाँजा वैधानिकता बहस: देशलाई ‘नार्को स्टेट’ होइन, ‘हेम्प स्टेट’ बनाऊँ

एउटै प्रजातिको बिरुवा फरक हावापानीमा हुर्किँदा त्यसका आकार-प्रकार, रसायन तत्त्वको किसिम र आनुवंशिक संरचनामा पनि फरक हुन्छन्। तराईमा पाइने गाँजा हिमालमा पाइनेभन्दा भिन्न हुन्छ।

अर्थतन्त्र र स्वाभिमान वृद्धिका लागि सीमामा छेकबार

सुरवीर भनेर चिनिएका नेपालीहरू आज सुरक्षा गार्डको हैसियतमा रहनुचाहिँ दुःखको कुरा हो, कुनै बेलाका वीरको देशको सीमाका दर्जनौँ ठाउँमा घुसपैठ भएको छ। सीमाका संकेतहरू नै भत्काइएका छन्। 

दण्डहीनताले खतरामा समाज र सामाजिक सद्‍भाव

कुशासनले चरम निराशा बढाएको समाजलाई भड्काउको बाटोमा धकेल्न अनेक समूह सल्बलाइरहँदा सामाजिक सद्‍भाव खतरामा परेको छ। त्यसलाई रोक्ने एउटै बाटो हो– दण्डहीनताको अन्त्य।

षड्यन्त्र र दबाब झेल्दै संविधान ल्याउन भूमिका खेल्ने नेम्वाङ

सुवास नेम्वाङको निधनबाट सिंगो देशलाई अपूरणीय क्षति भएको छ। अनेक षड्यन्त्र र दबाबका बीचमा पनि संविधान ल्याउन सफल हुनुमा नेम्वाङको महत्त्वपूर्ण भूमिका छ। सिंगो नेपालले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरौँ।

बैठक चलाउन अप्ठ्यारो पर्दा भित्रबाट चिर्कटो पठाउनुहुन्थ्यो

आफू सन्तुलित भएर नेताहरूलाई ‘कन्भिन्स’ गरेर जानुपर्छ भनेर सम्झाउनुहुन्थ्यो। संविधान लेखनमा हाम्रो कहिल्यै मतभेद भएन। ‘तपाईंले तपाईंका नेताहरूलाई भन्नुस्, म हाम्रालाई पनि भन्छु’ भन्नुहुन्थ्यो।