प्राकृतिक स्रोत पानीलाई लिएर द्वन्द्वका सम्भावनाबारे भइरहेका विभिन्न अनुमानलाई आधार बनाइ संयुक्त राष्ट्रसंघका महासचिवले संसारका १० ठूलामध्ये ८ हिमाल भएको देश नेपालको भ्रमण रोजेझैँ लाग्छ।
हामी आइतबार बिहान नलगाड नगरपालिका– १ चिउरे पुग्दा शवहरू उठेकै थिएनन्। त्यहाँका सबै घर धुलोपिठो भएको पायौँ। घरहरू बालुवाको ढिस्कोजस्तै ढलेका थिए।
विकसित देशमा यही स्तरको भुईंचालो आउँदा अलिकतिसम्म पनि क्षति नहुने, तर हामीकहाँ पूरै बर्बाद हुने अवस्था किन आयो भनेर गम्भीर हुन जरुरी छ।
प्राचीन कालमा इजिप्टमा प्याजको पूजा हुने गर्थ्यो। त्यसैले प्याजका चित्रहरू पिरामिडको भित्री पर्खालमा र पुराना चिहानहरूमा समेत देख्न सकिन्छ।
राजनीतिक बदलाबका लागि हिजो चर्को र उत्तेजक भाषण आवश्यक थियो, तर नेताका चर्का आदर्शवादी भाषणले अब युवाको भविष्य सुनिश्चित हुँदैन।
आजको दिनमा निजी क्षेत्रमा राज्यको पूर्ण नियन्त्रण असम्भव प्राय: छ, तर हाम्रोजस्तो मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रको भरमा मात्रै वा निजी क्षेत्रको सुझावका आधारमा मात्रै निर्देशित गरिनु हुँदैन।
जलवायु परिवर्तनका कारण नेपालजस्ता कम विकसित देश पीडित बन्नु परेको कुरा उठाएका गुटेरेसले पीडितमैत्री तथा नेपाली मोडलको संक्रमणकालीन न्यायमा पनि जोड दिए।
जापानले माउन्ट फुजी, अमेरिकाले रकी पर्वत श्रृंखला र एल्लो स्टोन नेसनल पार्क तथा तान्जानियाले किलिमन्जारो पहाडलाई सम्मान तथा वैभवका रूपमा प्रस्तुत गर्छन्। यी देशले यसमा प्रशस्त लगानीसमेत गर्छन्।
घोषणापत्र र विधानमा जे–जे लेखिए पनि हरेक राजनीतिक दलका कार्यक्रम एउटै हुँदा त्यसको फाइदा चौतर्फी रूपमा प्रभुत्व वर्गले लिइरहेका छन्।
जति नै 'सुविधा' थपे पनि मोटरसाइकलको यात्रा अन्य साधनको तुलनामा जोखिमपूर्ण छ। राज्य र नागरिकको अकर्मण्यता र अज्ञानताले झनै असुरक्षित बनाएको छ दुईपांग्रे सवारी।
इजरायली सुरक्षा निगरानीका सबै पूर्वाधार तथा संयन्त्र तहसनहस तुल्याउँदै आतंककारी समूहले इजरायल प्रवेश गरेको घटनाले इजरायल मात्र होइन, विश्व अचम्मित छ।
विधि र थिति प्रभावी हुनुपर्ने ठाउँमा पछिल्लो समय देशमा बेथिति नै बेथिति मात्र किन हाबी भयो भनेर घोत्लिने हो भने मूलतः राजनीतिले बिगारेका क्षेत्रहरू देखा पर्छन्।
त्यो बेला पैसा कति जम्मा भयो भन्दा पनि ‘चोकोफन’ खान पुग्ने पैसा भए पुग्थ्यो। हाम्रो लागि दशैँको दक्षिणा त्यति नै हुने गर्थ्यो, त्यसमै रमाइन्थ्यो।
घरायसी कामको जिम्मा महिलाको मात्रै होइन। यस्तो हरितन्नम सोचबाट हामी निस्केर मात्र पुग्दैन, स्वास्थ्यले साथ दिँदासम्म श्रम विभाजन गरेर सबैले बराबर काम गर्नुपर्छ।
जन्मेपछि एकदिन मर्नु त छँदैछ। चेतनशील प्राणी भएकाले जन्म र मृत्युबीचको छोटो क्षणलाई कसरी बिताउने भन्ने कुरा धेरै वा थोरै मात्रामा हाम्रै हातमा छ।
माछामासु नखानेले समेत आफ्ना मांसाहारी आफन्त र परिवारसँग बसेरै चाडको मजा लिएका छन्। मासु खान पशुवध गर्नैपर्ने तथ्यलाई ख्याल गर्दै 'सरल भोजन'मा आफ्नो खुशी र आदर्श भेट्टाउने प्रयास गर्नेहरू प्रशस्त छन्।
दशहराको विस्तारित स्वरूप कोजाग्रत पूर्णिमासम्म हेर्न पाइन्छ। पूर्णिमाको १६ दिनपछि पर्ने दीपावलीलाई ‘सहरैया’ भनिन्छ। ‘धनतेरस’देखि ‘भैया दुज’सम्म चल्ने पाँचदिने पर्व ‘सहरैया’ सकिएको ६ दिनपछि छठ पर्छ।
सन् २०१९ मा गार्डियनमा क्यारोलाइन क्रियाडो पेरेजले उल्लेख गरेअनुसार अहिले पनि कारको डिजाइन पुरुषलाई सहज हुने गरी बनाइन्छ, जबकि महिला र पुरुष दुबैलाई ख्याल गरेर त्यसको डिजाइन हुनुपर्ने हो।
प्रकृतिसँग जोडिएको धर्म मान्ने भएका कारण नेवारले माटो, घर, ज्याबल र आफ्नो ज्यानलाई समेत पूजा गर्छन् र अहिलेसम्म त्यो अभ्यास जारी राखेका छन्।
काठमाडौँ उपत्यकाको समथर भागदेखि डाँडाको शिखरसम्म पाइने जलवायुको भिन्नताले गर्दा यहाँको वनस्पति समृद्ध छ। ती वनस्पतिको अध्ययन–अनुसन्धान र अवलोकनबाट आर्थिककोपार्जन गर्न सकिने ठूलो अवसर छ।