AnonymousUser

Logout

नेपाल–भारत सम्बन्धमा ‘ब्लेम गेम’

सधैँ भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै जडवत शैलीमा बसिरहने हो भने आपसी सम्बन्धको घेरा अझ संकुचित भएर र अझ अनर्थकारी बनेर जाने निश्चित छ।

महाविनाशको पहिलो किस्ता भुक्तान गर्दै रामजनमहरू

यो महाविनाश जलवायु परिवर्तनको जुवामा नारिँदै अघि बढ्दै छ। जुवा नार्ने हली सम्भ्रान्त, सेलिब्रेटी, बिलासी र महाधनी हुन् भने जुवामा नारिने चाहिँ गरिब, मजदुर, किसान हुन्।

इतिहास लेखनमा राजनीतिक प्रभाव

२०१७ पुस १ गतेको घटनापछि नेपाल महेन्द्रपथतर्फ अग्रसर भयो। त्यसपछि राजा महेन्द्रको प्रशंसा, स्तुतिगान र देवत्वकरण गरी संसदीय व्यवस्थाको सत्तोसराप गरेर बोल्ने र लेख्नेहरूको दौड नै चल्यो।

जनप्रतिनिधिज्यू, सडकले सिर्जेका भल र गेग्र्यानको वितण्डा देख्नुभाछ?

पानी पर्न शुरू भएसँगै आगलागीको जोखिम कम हुँदै छ। तर बस्तीहरू ढुक्कले निदाउन सक्ने छैनन्। अब बाढी, पहिरो अनि डुबान विपत्तिको अर्को कारण बन्नेछ।

भारतीय चुनाव परिणाम: केही छनक र नेपाल प्रभाव

चुनावी परिणामसँगै भारतको धर्मको राजनीतिको प्रभाव/असर यहाँ पनि पर्ला कि भन्ने चिन्ता हाम्रो हो, किनभने भारतको राजनीतिबाट निरपेक्ष रहेर हामी बस्न सक्दैनौँ।

वाचा गरौँ: पारिस्थितिक प्रणाली पुनर्स्थापना गरौँ

ढुंगा, गिट्टी र बालुवाको अधिक दोहन हुँदा नदीका बगर क्षेत्र एवं किसानका खेतसमेत क्षतिग्रस्त भूमिमा रूपान्तरण भएका छन्।  चूरेको जंगल विनाशका कारण यसको पानी सञ्चय क्षमता कमजोर भएको छ।

किन भावनामा बहन्छन् शेयरबजारका लगानीकर्ता?

अझै पनि हल्ला र भावनामा चल्ने र अरूकै लहैलहैमा लागेर शेयर खरिद विक्री गरिरहने हो भने क्षणिक समयमा केही नाफा कमाउन सकिएला, तर त्यसले दीर्घकालीन पुँजीबजार विकास हुन सक्दैन।

जनताको नजरमा ‘गोदी मिडिया’ असान्दर्भिक देखिएका हुन्?

सन् २०२४ को लोकसभा चुनावमा जसले जिते या हारे पनि, ‘हिन्दी मुख्यभूमि’का ठूला मिडिया जनताको नजरमा संकटको सामना गरिरहेका छन् र चाँडै नै ती अपरिवर्तनीय ‘अनावश्यकता’का रूपमा छेउ लाग्न सक्छन्।

धर्ती तात्दै गर्दा हाम्रा जिम्मेवारी

तापक्रम मापन गर्ने केन्द्र हामीकहाँ एकदमै कम छ। जति केन्द्र छन्, तिनबाट मापन गर्दा तराईको तुलनामा पहाड र हिमालमा तापक्रम धेरै नै बढेको देखिन्छ। जैविक विविधताका हिसाबले समेत यो राम्रो संकेत होइन। 

निमिट्यान्न भएको छैन 'नवराज'हरू मार्ने रोग

आश्चर्यलाग्दो कुरा, जातमा आधारित बर्बर हिंसालाई हामी बाँचेको समाजमा निकै सामान्य ढंगले हेरिन्छ। हत्या र बलात्कारसमेत हुँदा यस्तो ठानिन्छ, मानौँ, केही गलत भएकै छैन।

सदन प्रतिपक्षकै ‍हो

संसद्‍मा अवरोध गरिरहँदा प्रतिपक्षी सांसद वा त्यसको प्रतिरोध गरिरहँदा सत्तापक्षका सांसदले मर्यादा नाघेको हो कि भन्ने छनक पाउनेगरी असभ्य भाषा प्रयोग हुन थालेको छ।

हामी जिउने कि जिउँदै मर्ने?

१७औँ शताब्दीतिर युरोपका कैयौँ राष्ट्रमा आर्थिक अवस्था जर्जर हुँदा केही त्यस्ता पात्रहरूको उदय भएको थियो, जसले त्यहाँका जनतालाई धर्म र चमत्कारको मायाजालमा पारेका थिए।

‘भेन्ट्रिलक्विज्म’ राजनीति र मिडिया

दाहाल-लामिछाने-ओलीको यो ‘भेन्ट्रिलक्विस्ट-पपेट’ खेलमा राज्य संयन्त्रको चरम दुरुपयोग गरी जसरी एक व्यक्तिमाथि जाइलाग्ने काम भयो, त्यसले भोलिका दिनका लागि खतरनाक नजिर बसालेको छ।

नखाएको बिख लाग्यो हामीलाई

सविनय अनुरोध, जसले जे सुकै भनोस्, लाज नमानौँ, हीनताबोध नगरौँ र बोतलबन्द पानीलाई नाइँ भनौँ र पर्यावरण जोगाउन थोरै भए पनि हिस्सेदारी लिऊँ।

निमिट्यान्न भएको छैन 'नवराज'हरू मार्ने रोग (बुधबार)

उत्पीडनको यथार्थ र संवेदनशीलता बुझ्ने व्यक्तिहरू सत्ता, संसद् र न्याय प्रशासनमा विरलै पुगेका छन्। यसले समाजमा विद्यमान जातीय छुवाछुत र विभेदलाई टिकाई राख्न मद्दत पुर्‍याएको छ। 

गगन–रवि, जिदान–माटेराजी

गाउँ–गाउँमा बाटो र बिजुली पुग्दैमा, केबल टेलिभिजन र मोबाइल फोन र इन्टरनेट पुग्दैमा आर्थिक सुधार हुने होइन। यी त पुँजी सिध्याउने साधन पनि हुन्।

जेठ १०: जात व्यवस्था विरुद्धको विद्रोह दिवस

जात व्यवस्था केवल छुवाछुत र छोइछिटोको सामान्य सांस्कृतिक विषयका रूपमा मात्रै हेर्ने र बुझ्ने राज्यसत्ताले ‘छुवाछुत मुक्त राष्ट्र’को भजन गाएर दलित मुक्तिको बाटो तय हुँदैन भन्ने प्रस्ट छ।

झिल्केका उत्थान र पतन: एक ‘राजनीतिक’ तमासा

लोकतान्त्रिक पद्धतिले प्रणाली, संरचना र संस्थागत निर्णयलाई चिन्छ, कुनै व्यक्तिवादी चरित्र वा राजनीतिक ‘नायक’प्रति यसले अपेक्षा राख्दैन।

गणतन्त्र भारतमा राजतन्त्रात्मक शैलीको राजनीति

विरासतकै आधारमा शासन चलाउने राजघरानाले निर्वाचनमार्फत पनि शासन गरे, गरिरहेका छन् नै, राजनीतिमा वंशवादको चर्को आलोचना गर्दै राजनीति शुरू गरेकाहरूले नै वंशवादको निर्लज्ज अभ्यास गरे।

वफादार कार्यकर्ता लोकतन्त्रका लागि किन घातक?

भोट हाल्नेबित्तिकै जो मतदाता आफ्नो नागरिक हैसियतमा फर्कन्छ र आफूले भोट दिएकै पार्टी/दलप्रति पाँच वर्षसम्म टाँसिइरहँदैन, त्यो नै 'सचेत नागरिक' हो।