AnonymousUser

Logout

पर्यावरण बहस: अँध्यारोबीच चाँदीका घेरा

म गोरखामा जन्मेको मान्छे, राजा भए पनि त्यहाँका पृथ्वीनारायण शाहले झलमल उज्यालोमा कहिल्यै भात खान पाएनन्। आज गोरखाको लगभग सबै घरमा बिजुली छ।

हामी निराश हुने कि आशावादी?

नेपालको पर्यटकीय मौसमअनुसार पुस खासै पर्यटक भित्रिने समय होइन, तर यो हदको शून्यता हुँदैनथ्यो। यस्तो अवस्था किन आयो त? जवाफ सिधा छ– विश्वमै जारी आर्थिक मन्दी।

एउटा पुरुष नर्सको ‘मसिनो क्रान्ति’

बेलाबेला शिक्षकले ‘तिमी अपवाद हौ’ भन्ने महसुस गराउनेबाहेक खासै असहज महसुस गरिनँ। तर क्याम्पसबाहिर भने पुरुष नर्स हुनुको स्पष्टीकरण मैले निरन्तर दिइरहनुपर्‍यो।

शहरी सडकमा नयाँ प्रविधि र पैदल यात्रीबीचको द्वन्द्व

सरोकारवाला निकायले सडक प्रयोगकर्तालाई प्रविधिको कुशल प्रयोगबारे व्यापक जानकारी दिनु जरुरी छ। नत्र सडकमा जोडिएका प्रविधिमा गरेको खर्चको प्रभाव खासै रहँदैन। बरु दुर्घटना बढाउन योगदान गर्छ।

अख्तियारसम्बन्धी विधेयक: यही अवस्थामा पारित गर्नु अनुचित

प्रस्तावित नीतिगत निर्णयउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नहुने व्यवस्थाले आयोगले राजनीतिज्ञलाई उन्मुक्ति दिन्छ भन्ने सामाजिक भाष्यलाई थप मलजल गर्नेछ। 

जलवायु संकटसँग भिड्न जलवायु वित्त

जलवायु परिवर्तनको असर कतिसम्म देखिँदै छ भने जुन महिनामा साउदी अरबमा हजका लागि गएका तीर्थयात्रीमध्ये गर्मी सहन नसकेर १ हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो।

हिजोआज संसद‍्मा रमिता छ!

सांसद्‌का अन्य क्रियाकलाप जस्तै सार्वजनिक अभिव्यक्ति, त्यस प्रयुक्त भाषा र शिष्टाचार मात्रै होइन, तथ्यको सत्यताबारे पनि सम्बन्धित सदस्यलाई जिम्मेवार बनाउनु आवश्यक छ।

ट्रम्पको उटपट्याङ कूटनीति, पेलानमा ‘वसुधैव कुटुम्बकम्’

धेरै विशेषज्ञहरू ट्रम्पको जीतलाई अमेरिकाको अन्तको रूपमा हेरिरहेका छन्। तिनको जीतलाई प्रजातान्त्रिक मूल्यहरूको हारसित तुलना गरिरहेका छन्।

‘मुसा प्रवृत्ति’ र सुविधाको राजनीति

पपुलिस्टहरूले सामान्यतः म र विरोधीहरू (अस भर्सेस देम) को भाष्य सिर्जना गरी अल्पकालीन रूपमा सामाजिक बहसलाई अलमल्याउने प्रयास गर्छन्। 

विद्यार्थी राजनीतिबारे दृष्टि बदल्ने हो कि?

दल र तिनका नेता शिक्षालाई अनि शिक्षणलाई कसरी हेर्छन्? मेरो शिक्षक जीवनमा सबभन्दा अनुत्तरित प्रश्न भएर आएको छ त्यो।

बिहारीकृष्णसँगका ५५ वर्ष अघिका साथ–सम्झना

त्यो बेला त्रिभुवन विश्वविद्यालयमा जर्मनीको सहयोगमा स्थापित भाषाशास्त्रीहरूको एउटा केन्द्र थियो– समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स। केन्द्रले आफ्नै सानो हवाईजहाज पनि ल्याएको थियो। 

डार्विन बाजे जिउँदै हुन्थे भने कति रमाउँथे होला?

शाही बाज भनेर चिनिने ‘पेरिग्रिन फ्याल्कन’ संसारको सबैभन्दा द्रुत गतिमा उड्ने पक्षी हो। हेर्दा बाज वा चिलजस्तो देखिए पनि खासमा चिलभन्दा सुगासँग नजिकको सम्बन्ध भएको चरा हो।

हामीलाई चाहिने प्रहरी कस्तो? अहिल्यै बहस गरौँ

२०१२ सालदेखि चलिरहेको प्रहरी ऐन परिमार्जन गर्न संसद्मा पुगेको विधेयकले थुप्रै प्रश्न र संशय उब्जाइरहँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई चाहिने प्रहरी संगठनबारे बहस गर्ने उपयुक्त समय आएको छ।

इभा मोजेस कोर: हिट्लरको नरसंहारबाट बाँचेर क्षमादानसम्म

आफै जातीय नरसंहारको चक्रव्यूहमा परेर बाँचेकी इभाले अन्ततः मान्छेलाई शान्ति चाहिने, क्रोध र घृणा लिएर कसैले पनि आनन्दसँग जीवन बिताउन नसक्ने सन्देश दिइन्।

चेन पी: रूखमा फल्ने ‘सुन’ अर्थात् सुन्तलाका बोक्रा

विभिन्न अनुसन्धानले चेन पीमा लगभग ७८१ किसिमका रासायनिक तत्त्व भेटिएका छन्। चिनियाँले ‘रूखमा फल्ने सुन’ भनेर सम्बोधन गर्ने चेन पीलाई उपयोग गरी हामीले पनि आर्थिक अवस्था सुदृढ गर्न सक्छौँ।

सांस्कृतिक सम्पदा मात्र नभई प्रकृति संरक्षणको विषय हो मुक्कुम्लुङ

सरकारबाटै राष्ट्रिय फूल लालीगुराँसको जंगल फँडानी भएको छ। अहिले नै किरात-लिम्बू समुदायको मुन्धुमसँग जोडिएको सेकमुरी फुङ् (फूल) समेत नष्ट गरिएको छ।

गान्धीले देखेको कुम्भमेला र सुधारका पक्ष

नदी, पानी र प्रकृतिलाई उत्सवका रूपमा मनाउनु हाम्रो सभ्यताको सुन्दर पक्ष हो। तर यही मौका छोपेर सर्वसाधारणलाई पाप र धर्मको त्रास देखाई लुट धन्दा मच्चाइन्छ। त्योचाहिँ खेद र सुधारको विषय हो।

‘मोन्टी’लाई सम्मान, नेपाली क्रिकेटलाई नयाँ कोच

मोन्टीको विकल्प खोज्दै गरेको क्रिकेट संघले एनपीएलको भव्य आयोजनासँगै माथिल्लो स्तरको कोच लिनुपर्ने धारणा राख्नु खराब होइन, बरु ढिला पो भयो त!

प्रस्तावित नागरिक उड्डयन विधेयक: थप अव्यवस्थाको डर

निजामती सेवालाई प्राधिकरणजस्तो बहुआयामिक र अन्तर्राष्ट्रिय सेवामा प्रमुख निर्णयकर्ताको भूमिकामा सशक्त उपस्थिति कायम राख्नु संस्थाको लागिसमेत प्रत्युत्पादक हुने देखिन्छ। 

‘जात’ जसले बनाए, तिनैले देखाउँछन्

दलित परिवारमा जन्मेकै कारण आफूले पढ्न नपाएकोमा बाआमा थकथकी मानिरहनुहुन्छ। मेरा बाआमालाई पढ्नबाट वञ्चित गरेर उनीहरूले जात जनाएका होइनन् र?