AnonymousUser

Logout

सैद्धान्तिक महासंकटमा महासचिव शंकर

जबजले नेपाली सापेक्षतामा अनेक पार्टीको अस्तित्वलाई स्वाभाविक ठानेको छ। जबजका अभियन्ताका रूपमा परिचित शंकर पोखरेल भने पश्चिमा देशको उदाहरण दिँदै दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन्। 

‘मेरो घरमा कसलाई लैजाने, मेरो मर्जी’को पेटबोली

समाजमा गडिएर बसेको छुवाछूत, घृणा र अपमानको मनोविज्ञान हो। युगौँदेखि समाजमा रहेको त्यस मनोविज्ञानकै कारण लाखौँ दलितहरू उत्पीडन र गरिबीमा परेका हुन्।

निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानले उठाएका सवाल

हेलिकप्टरको आवाजले पक्षीले आफ्नो क्षेत्र छोड्न र स्थिरता गुमाउन सक्छ, जसका कारण तिनको प्रजनन दरमा कमी आउन सक्छ, कतिपय प्रजातिको आवास नष्ट हुन सक्छ।

जगहँसाइ बनेको हाम्रो कूटनीति

पारदर्शिताका नाममा एउटा राष्ट्रसँग सहमति वा सम्झौता गरेका सबै कुरा उसलाई खुशी तुल्याउन अनि अर्कोलाई होच्याउने गरी सार्वजनिक गरिहाल्ने अचम्मको व्यवहार हामीमा देखिएको छ।

राष्ट्रियताको अर्थमा पुस २७ को बयान

नेपाललाई एक धार्मिक, एक जातीय र एक भाषिक राष्ट्र बनाउने राजनीतिक तथा प्रशासनिक अभ्यास भइसकेको हो। त्यसले पूर्णता पाएन। पूर्णता पाएको भए पुस २७ वा यस्तै कुनै दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो।

‘छाया अर्थतन्त्र’मा महिला: हिसाबकिताब राखौँ

गृहिणीका घरेलु कामलाई न त आर्थिक रूपमा मूल्यांकन गरिएको छ, न त औपचारिक रूपमा अभिलेख गरिएको छ। यसलाई हाम्रो घर र समाजले मात्र होइन, विश्व अर्थतन्त्रले समेत काम मानेको छैन।

अनुहारहरू: टिकिरहन्छन्–बिकिरहन्छन् कसरी?

अवसरको वितरण, कसलाई कुन कमिटीमा ल्याउने, टिकट कसलाई दिने, मन्त्री या मुख्यमन्त्री कसलाई बनाउने भन्नेजस्ता विषयको निर्णय आफू अनुकूल बनाउन पनि संरचनागत जटिलता सिर्जना गरिएको हुन्छ। 

उधारो आशा, निराशा हाताहाती!

यसर्थ, मल्टिमिडिया र सामाजिक सञ्जालले आम रूपमा आलोचनात्मक चेतको स्तरवृद्धि त गरायो तर सँगसँगै निराशाको बेलुन फुलाउन र अझ माथि–माथि उडाउन ‘हाइड्रोजन ग्यास’को काम पनि गर्दैछ।

राजनीति गर्नेका सनातनी आकार र गतिशील इतिहास

नेपाली राजनीतिक दलका नेताहरूका सनातनी अनुहार हुनुमा तिनको कमजोरी मात्र भयो भन्ने पक्षमा म छैन। तर प्रदीप गिरिले भनेजस्तो तिनका कर्म भने निष्ठावान् हुनुपर्छ।

राज्यसञ्चालकले सुनून् यौन पेसाकर्मीका दुःख

बलात्कारजस्तो गम्भीर अपराधमा समेत ‘फलानो केटी पहिल्यै किन सचेत भइन त?’ भन्दै बलात्कारीलाई संरक्षण गर्ने हाम्रो समाजमा यौनकर्मीमाथि हुने हिंसालाई जायज ठानिँदै/मानिँदै आएको छ।

एनपीएल: भव्य आयोजनासँगै केही प्रश्न, केही चुनौती

भविष्यमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाएर भारत र पाकिस्तानलाई बोलाएर खेल सञ्चालन सम्भव छ भन्ने विश्वास एनपीएलले बढाएको छ।

प्रविधिको पौँठेजोरीमा पत्रकारिता

गुगल, फेसबुक, टिकटक आदि बिचौलिया हुन्, जसका स्वउत्पादित सामग्री छैनन्। तिनले पत्रकारिताले उत्पादन गरेका सामग्री ओसारपसार गर्दा ‘कपिराइट’ शुल्क बुझाउँदैनन्।

दोहोरो विभेदमा उत्पीडित समुदायका ‘क्विर’

दलित क्विरको लागि त यो समाज अझै चुनौतीपूर्ण छ। क्विर हुनु सामाजिक रूपमा विभेदमा पर्नु त हो नै, सँगै दलित क्विर हुनु जातीय र लैंगिक दुवै विभेदमा पर्नु हो।

समानुपातिक प्रणाली: गलत अभ्यासले ध्येयमै क्षति

मूलतः नेपालको संविधानको मुख्य संकल्प हो– समतामूलक समाज निर्माण, जसको प्रमुख कडी हो सामाजिक न्याय। सामाजिक न्याय सुनिश्चित गर्ने बृहत्तर उद्देश्यका आयाममध्ये एक हो समानुपातिक निर्वाचन प्रणाली। 

म पुँजीवाद, हामी समाजवाद 

लेखकले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रको एक्काइसौँ शताब्दीको जनवादमाथि पनि तिखो टिप्पणी गरेका छन्।

मनमोहन सिंह: बेइमानहरूमाझ एक इमानदार व्यक्ति

यसको मतलब यो होइन कि सिंहसँग हाँसीमजाकको भावना नै थिएन। व्यक्तिगत जीवनमा उनी खुलेर हाँस्न सक्थे। बाँकी संसारले उनको त्यो पक्षसमेत देखोस् भन्ने मलाई लाग्थ्यो तर उनी दिलैदेखि गोप्य व्यक्ति थिए।

हाम्रा आदर्श र सपना कता सेलाए?

मान्छे किन क्रान्तिको खतरापूर्ण बाटो हिँड्छ, फेरि पहिले बोकेको आदर्शपूर्ण विचार किन त्याग्छ, पुरानो विचार, उद्देश्य तथा सक्रियता त्यागेर पनि पहिलाकै परिचय भने किन त्याग्न चाहँदैन?

बिदेसिँदै नर्स: जनस्वास्थ्य सेवामा खतराको घण्टी

कोभिड र भूकम्पजस्ता विपद् आइपरे नर्समाथि झनै कार्यबोझ थपिने हुन्छ। नेपालीको जनस्वास्थ्यलाई महत्त्व दिने हो भने नर्सको बढ्दो विदेशमोह न्यूनीकरण गर्न उपयुक्त कदम चाल्न ढिलो हुँदै छ।

अस्वाभाविक संकुचनमा नेपालको उड्डयन कूटनीति

नेपालले उड्डयन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा नभई पर्यटनको ‘पिल्लर’का रूपमा मात्र व्याख्या गरेको छ। यसले उड्डयनप्रति राज्यको संकुचित सोच र उपेक्षाको संकेत गर्छ।

नेपालमा ‘सुका जाति’का फलफूल: प्रयोग र फाइदा

करिब दुई हजार वर्षअघि चिनियाँ तीर्थयात्री ह्युएन साङले सुन्तला र कागती पाकेको याममा नेपाललाई देखेपछि ‘सुनौलो फलफूलको देश’ भनेर उल्लेख गरेका थिए।