पर्यटन व्यवसायीले नेपालमा आउने पर्यटकको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत फार्मेसी इन्चार्जको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
रास्वपाका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।
संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको र सञ्चालन हुने बित्तिकै मिटरब्याजी विरुद्धको विधेयक पारित गरिने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने व्यवस्था गरेको र पहिले पनि नेता परिवर्तन भएको थापाको भनाइ छ।
विशाल ग्रुपले संगठनबाट लिजमा लिएको जग्गामा स्कुल सञ्चालन गर्न ठूल्ठूला भवन बनाएको छ। यी भवनका कारण पनि बालगृह डुबानमा परेको हो।
मधेश, कोशी र बागमतीमा वर्षा ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित भएको कृषि मन्त्रालयले जनाएको छ।
गलकोटका अधिकांश युवा जापान पुगेका छन्। त्यसैले गलकोटलाई 'जापाने गाउँ'समेत भन्ने गरिन्छ। रमेश भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ बख्रापालन गरिरहेका छन्।
बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ।
युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले रुसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका हुन्।
मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) हरेकाले देशभर वर्षा भएको हो।
सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा शुरू गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए।
चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो।
समुदाय केन्द्रित विभिन्न संघसंस्थाका प्रतिनिधिले संघीय सांसदसँग तीन तहका सरकारका फरक नीति नियमका कारण काम गर्न गाह्रो भएको गुनासो गरेका छन्।
सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
महामारीका रूपमा देखा परेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन्।
ऐनले कमसल गुणस्तको सामान बेचेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिबाना तोकेको छ। तर, घरको लागत बेहोर्न सिमेन्ट उद्योग तयार भएपछि उद्योग वाणिज्य संघको रोहबरमा मुद्दा मिलापत्र भएको हो।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनायो।