कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग र बाँकीका उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी, राती तराई भूभागका केही स्थानमा तुवाँलो लाग्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
