बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

छविसपाथिभेरा गाउँपालिकाको पतालचौर केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

चैनपुर– बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। 

शुक्रबार राति ११:३२ मा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको छ। 

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेको छ। सदरमुकाम चैनपुरमा राति भूकम्पले घर हल्लिएपछि स्थानीय खुला चौरमा निस्किएर पुनः घर फर्किएका छन्।