कोशी प्रदेशसभाको शनिबारको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।
युक्रेनले देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रुसले रातारात ‘ठूलो’ आक्रमण गरेको जनाएको छ। रुसी आक्रमणबाट युक्रेनको आधा ऊर्जा क्षमता नष्ट भएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।
आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
च्याउ खाएर बिरामी परेका ८५ वर्षीय द्रोणपति गुरुङको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलगत्तै अमेरिकाले दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यासका लागि युद्धपोत विमान पठाएको हो।
तीन जना सवार मोटसाइकल दुर्घटना हुँदा मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएको प्रहरीले जनाएको छ।
जर्मनीको लाइप्जिग रंगशालामा भएको खेलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
संखुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढी पहिरोले २४ घर परिवार विस्थापित भएका छन्।
तीनै तहले सहयोगदान गर्ने व्यवस्था भए पनि संघीय र प्रदेश सरकारले वास्ता नगर्दा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजनामा पालिकाका जनप्रतिनिधिहरूले चुनौती खेपिरहेका छन्।
मुसलधारे वर्षा, बाढी, पहिरोका कारण दक्षिणी चीनको गुआंडोङ प्रान्तमा ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्।
११ महिना अवधिमा नेपालले भारतसँग मात्र आठ खर्ब १३ अर्ब रुपैयाँ बराबर व्यापार घाटा बेहोरेको छ। चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा देखिएको छ।
संसदीय समितिले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को व्यवस्थामा परिमार्जन तथा संशोधन गरी समयानुकूल बनाउन निर्देशन दिएको छ।
संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
सिँचाइ सुविधा विस्तारसँगै इलाममा अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ।
पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ।
प्रमुखमा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाध्यक्ष रतन चौधरीलाई चयन गरेपछि नगरपालिकाको अवरुद्ध कामकारबाही सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले बताए।
भासिएर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
कांग्रेसले लुम्बिनी प्रदेश सरकारले संघीयताविरोधी बजेट ल्याएको भन्दै विरोध जनाएपछि शुक्रबार संसद् बैठक अवरुद्ध भएको छ।