AnonymousUser

Logout

एशिया कप तेक्वान्दोमा नेपाललाई सात पदक

भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेको राखेपले जनाएको छ।

बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेको चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताए। 

झापामा चट्याङले लागेर २ जनाको मृत्यु

कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरीको चट्याङले लागेर मृत्यु भएको छ।

बांग्लादेशलाई हराउँदै अफगानिस्तान टी२० विश्वकपको सेमिफाइनलमा

मंगलबार बिहान भएको सुपर आठको खेलमा बांग्लादेशलाई ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ। 

उदयपुरको कटारीमा फस्टाउँदै केराखेती 

केराखेती गर्न थालेपछि वन्यजन्तुबाट आजित हुननपरेको तथा परम्परागत अन्नखेतीभन्दा तेब्बरसम्म आम्दानी हुने गरेको किसान बताउँछन्।

बेलौरी बासीको दुखेसो: ४ दशकमा पनि बनेन कलुवापुर–बेलौरी सडक

सडक नबन्दा बेलौरी बजार क्षेत्रकै सडक हिलाम्मे हुँदा हिँडडुलमा पनि समस्या भएको छ। दक्षिण क्षेत्रका नागरिकले हालसम्म आश्वासन मात्र पाएको स्थानीयको भनाइ छ।

टी२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

सुपर आठको अन्तिम खेलमा बांग्लादेशले अफगानिस्तानलाई हराए मात्र अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ।

सुनसरीको चतारा क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

बजेटमा पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य शृंखला सवलीकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थतालाई प्राथमिकतामा राखिएको छ।

रुवि खान र सरकारबीच आन्दोलन स्थगित गर्नेसहित पाँचबुँदे सहमति

निर्मला कुर्मी र सुमदरानी थारुको न्यायका लागि भन्दै विभिन्न माग राखी आन्दोलनरत रुवि खान र सरकारी वार्ता टोलीबीच पाँचबुँदे सहमति भएको छ। 

मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीको तलबमान निर्धारण गर्न परमादेश

सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ।

रामबहादुर बम्जन बालयौन दुरूपयोग मुद्दामा दोषी ठहर

सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बालयौन दुरूपयोग मुद्दामा दोषी ठहर गरेको छ।

‘मूल्यवान्’ बनेको सेबोन अध्यक्षको पद

पछिल्ला दिनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र निजी कम्पनीहरूलाई आईपीओको इजाजतमा लचिलो बनिदिएर पाइने लाभको कारण सेबोन अध्यक्ष पदको ‘मूल्य’ ह्वात्तै बढेको छ।

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७० करोड

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

सामाजिक कुरीती अन्त्यसम्बन्धी कानून निर्माण गर्न समिति बनाइने

कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानून र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित सरकारलाई आवश्यक सुझाव दिने गरी समिति बनाइने गृहमन्त्री रवि लामिछाने बताए।

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

महानगरले विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ।

हज यात्राका क्रममा १ हजार ३०० भन्दा बढीको मृत्यु : साउदी अरब

साउदी अरबका अनुसार २०२४ को हज तीर्थयात्राका क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८३ प्रतिशत ‘अनधिकृत रूपमा’ हज यात्रामा आएका थिए।

फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्यबाट नहटाउन अन्तरिम आदेश

सर्वोच्च अदालतले फणीन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्य पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।

शेयर बजारमा ५ अर्बमाथिको कारोबार

सोमबार नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीयको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

एकसिंगे गैँडाको खाग किनबेचको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर

चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु एकसिंगे गैँडाको खाग खरिदबिक्री गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।