चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको छ।
कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा मंगलबार राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको मृत्यु भएको छ।
पहिरोमा परेर रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका छन्।
बुढीखोलामा माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ।
बागमती, कोशी र गण्डकीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
केन्यामा करवृद्धिको विरोध गर्दै प्रदर्शनकारीले संसद्मा प्रवेश गरेर आगजनी गरेका छन् भने प्रहरीले गोली चलाउँदा कैयौँको मृत्यु भएको छ।
‘मदिरा प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीर क्षति, दीर्घरोग, मानसिक स्वास्थ्यमा जोखिम बढाउँछ र दुखद् रूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ,’ डब्लूएचओका महानिर्देशक भन्छन्।
काठमाडौँ उपत्यका खानेपानीले मेलम्ची बन्द भएपछि मंगलबारबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण शुरू गरिएको छ।
युरोपियन युनियनले रुस–युक्रेन युद्धबाट प्रभावित युक्रेनी शरणार्थीलाई सन् २०२६ मार्चसम्म उनीहरू बसिरहेका ब्लकमा बस्ने अधिकार विस्तार गरेको छ।
पोलबाट चुँडिएर सडकमा खसेको तारले करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
ललितपुरको गोदावरी नगरपालिकास्थित वज्रवाराही मन्दिरनजिकको धारामा पानी थाप्न जाने कतिपय महिलामाथि यौन दुर्व्यवहार भइरहेको छ। खानेपानीको अन्य विकल्प नहुँदा उनीहरू हरेक दिन त्यहीँ जान बाध्य छन्।
खानेपानी मन्त्रालयले अपूरा आयोजना सुधार गर्न वित्तीय स्रोतका लागि अर्थमा प्रस्ताव पेश गरेकोमा अर्थले वित्तीय स्रोत उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएपछि दातृ निकायसँग आग्रह गरेको छ।
कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
प्रहरीले व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा कलंकी ट्रेड सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।
ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
सीबीआईबाट आएको भन्दै दधिकोटका एक व्यक्तिको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ।
धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिलाई महान्यायाधिवक्ताको कार्यालयले ऐनमा उल्लेख भएअनुसार तीन जनाकै नाम सिफारिस गर्नुपर्ने राय दिएको छ।
आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुंगामाटो थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पत्रकार असान्जले आफ्नो अपराध स्वीकार गरी अस्ट्रेलिया फर्किने सर्तमा यो रिहाइ गरिएको बताइएको छ।