सेती नदी जलविद्युत् आयोजनामा पाँच अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो। जसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्।
प्राणी उद्यानले अधिग्रहण गर्ने जग्गा, घरटहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको छ। यसका लागि ४६ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने जनाइएको छ।
तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले किसान यसतर्फ अग्रसर भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध सर्वोच्चमा दायर दुई मुद्दा विचाराधीन रहँदा काठमाडौँ महानगरले जग्गा खाली गर्न ७ दिनको समयसीमा तोकेको छ।
सिमलतालनजिकै पहिरोमा परेर हराइरहेको एन्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ।
लगातारको वर्षाका कारण ठूलीभेरी र सानीभेरी नदीमा जल सतह बढेकाले तटीय क्षेत्र आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए।
स्थापित विगत १६ महिनादेखि सहकारीविरुद्ध आन्दोलन, धर्ना र अनशनमा आवद्ध थिए। लगातारको संघर्षका कारण पनि स्वास्थ्य अवस्था बिग्रँदै गएको उनका सहयोगीहरू बताउँछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचनको तयारीबारे जानकारी गराएका छन्।
‘सी–चेक’का लागि लगिएको विमान ५० दिनदेखि इटलीमा थन्किँदा करिब ७५ करोड आम्दानी गुम्नुमा निगम नेतृत्व जिम्मेवार रहेको छानबिनको निष्कर्ष छ। मर्मतमा लगिएको ए३२० को इन्जिन पनि एक वर्षदेखि इजरायलमा अलपत्र छ।
ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर सोमबार एक बालिकाको मृत्यु भएको छ।
प्रधानमन्त्री स्टार्मरले सत्ता सम्हालेयता आइतबार मात्रै स–साना डुंगामार्फत ७०० भन्दा बढी आप्रवासी बेलायती भूमिमा प्रवेश गरेका छन्।
परराष्ट्रमन्त्री डा. राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप ‘हवाई रुट’को उपलब्धताको विषय विदेशसचिव मिस्रीमार्फत भारतसमक्ष राखेकी छन्।
सोमबार नेप्से परिसूचक ७०.८१ अंक अर्थात् २.४७ प्रतिशतले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ।
धानखेती गरेको जग्गा कटान हुन थालेपछि स्थानीयले प्लास्टिकले छोपेर नियन्त्रण गर्ने प्रयास गरेका छन्।
बांग्लादेशको अन्तरिम सरकारका गृहमन्त्रीले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन्।
टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीएमा) मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ।
गैँडाकोटका किसान गोपिचन्द्र रिमालले तीन वर्षअघि १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन शुरू गरेका हुन्।
कार्बन बिक्रीबापत नेपालले पहिलो पटक विश्व बैंकबाट ११ मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ४६ करोड रुपैयाँ प्राप्त गर्दैछ। वन विकास कोषको खाता खोल्न ढिलाइ हुँदा रकम तत्कालै नआएको हो।
काठमाडौँ महानगर–१९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो।