तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा स्थानीय १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।
मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।
जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती करिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो।
विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको उक्त रकम झापाको दमकस्थित बेलडाँगी शिविरमा मंगलबार प्रदान गरिएको हो।
वाकोटको विदुर नगरपालिका–५ कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गरिदिने योजना ल्याएको छ।
सुर्खेत– जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति आएको अविरलले कालिकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
ड्रागनफ्रुटको खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।
जेठ २८ गतेयता बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्याएको छ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तीन वर्षअघि बाढीका कारण कमला नदीमाथिको पुल भासिएपछि पुनर्निर्माणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै जनप्रतिनिधि, इन्जिनियरसहित १० जना सामूहिक आमरण अनशनमा बसेका छन्।
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टस्ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा अझै पनि त्रुटिपूर्ण प्रावधानहरू रहेको औँल्याएका छन्।
कोशी आसपासका नदीमा संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ।
यु२० साफ च्याम्पियनसिपमा बांग्लादेशले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गरेसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको छ।
हिमताल फुटेर आएको बाढीले भौतिक संचनामा पुर्याएको क्षतिबाट खुम्बुको पर्यटन व्यवसायमा धक्का लाग्ने चिन्तामा त्यस क्षेत्रका पर्यटन व्यवसायी छन्।
पहिरोका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र २४४ सडक खण्ड एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको सडक विभागले जनाएको छ।
प्राधिकरणका अनुसार विद्युत्को पहुँच पुगेको जनसंख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ग्रिडभन्दा बाहिर रहेका दुई प्रतिशतले लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट विद्युत् उपभोग गरिरहेका छन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रामा गौरव यात्रा आयोजना गरेका छन्।
गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट हमासले बन्धक बनाएकामध्ये थप ६ जनाको शव बरामद गरेको इजरायली सेनाले जनाएको छ।
विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।