दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर हनुमाननगरमा विरोध जनाएका छन्।
च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने कृषक इसा क्षत्रीको भनाइ छ।
खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए। बोक्सीखोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीसँगै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँगै पनि सोधपुछ गरेको छ।
तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइते १६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागमा भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’को चेतावनी जारी गरेको छ।
विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा चालु आर्थिक वर्षका लागि अधिकृतस्तरको १६ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपहिरो खसेर बोक्सेखोला थुनिएको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
जेठ २८ गतेयता बाढी पहिरोलगायतका विपद्का घटनाबाट पाँच हजार ८८३ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशले प्रहरीमा जस्तो हलचल ल्याएको छ, राजनीतिक नेतृत्व इमानदार बनेमा यसले प्रहरी गिजोल्ने बाटो सधैँलाई बन्द गरिदिन सक्छ।
अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको तीन हप्तापछि त्यहाँको प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीप्रति आकर्षण, स्वदेशमा मिहिनेत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको स्रोत घुम्ती पशुपालन संकटमा परेको पूर्वप्रधानपञ्च विष्णुबहादुर थापा बताउँछन्।
घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए।
कान्तितालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ। दुई वर्षअघि गरिएको गणनाअनुसार यहाँ २५ प्रजातिका चरा फेला परेका थिए।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले विधेयक दुवै सदनबाट टीआरसी विधेयक पारित भएकामा त्यसको स्वागत गर्दै कार्यान्वयन पीडितकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा चार वर्षअघि सरकारले जमिनको स्वामित्व निर्क्योल नगरी १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो।
आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको सडक चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमबाट हटाएपछि समस्या भएको छ।