भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
डुबानको जोखिम अझै रहेको भन्दै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ।
टिकटकको प्रयोगमार्फत विकृति बढेको भन्दै तत्कालीन सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको थियो।
आफ्नो मान्छेलाई नियुक्ति दिलाउन चाहने समूहले पदाधिकारीलाई ‘सिध्याउने’ धम्की दिएको छ। गुण्डागर्दी शैलीमा धम्की आएको भन्दै साउन ३२ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरू कार्यालयमा अनुपस्थित थिए।
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्रमार्फत आग्रह गरेको छ।
राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक बिनासंशोधन पारित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितका लागि समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे।
सर्वोच्च अदालतले प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योगमा बिजुली नकाटी डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम एक रुपैयाँ पनि नछाडी उठाउने बताएका छन्।
बांग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताए।
डिभिजन वन कार्यालय पर्वतका अनुसार एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्।
नेपालगन्ज रंगशालामा निर्माण गरेको एक महिना नबित्दै ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले काम थालेको छ।
बिहीबारको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसबीएल डिवेन्चरमा नकारात्मक सर्किट लागेको छ।
राष्ट्रियसभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।
इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ। डाँडाको माथिल्लो भाग खसे नदी थुनिन सक्ने र यसले ठूलो क्षति पुर्याउने भन्दै स्थानीय त्रसित छन्।
डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ।
श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो।
अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा बुधबार दिउँसो विस्फोट भएको थियो।
निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ। वर्षा नरोकिएकाले व्यवस्थापनमा समस्या भएको छ।