AnonymousUser

Logout

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभरि बालुवाको उरुङ

सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ।

संविधान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको छ।

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी र बागमतीका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

ओमानसँग नेपाल १ विकेटले पराजित

जितका लागि २२१ रनको लक्ष्य पाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर २२३ रन बनायो।

सरकारले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनमा लैजाने

मन्त्रिपरिषद्ले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ लाई कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान

जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा ५९.१९ प्रतिशत मतदान भएको छ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत, दल दर्ता असोज १० गतेदेखि

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ।

महाकाली राजमार्गमा सुख्खा पहिरो, सवारी आवागमन ठप्प

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

नेप्से परिसूचकमा ४ अंकको गिरावट, ५ अर्बको कारोबार

बुधबार परिसूचक चार अंकले घटेर २५७६.७६ को विन्दुमा सीमित भएको छ।

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगीलगायत बिरामी फेला परिरहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।

उपराष्ट्रपति कार्यालयमा कर्मचारीः स्थायी दरबन्दीभन्दा सचिवालयमा धेरै, अधिकांश फुर्सदिला

उपराष्ट्रपति कार्यालयका लागि मासिक ४५ लाख रुपैयाँ खर्च भइरहेको छ। तर राष्ट्रपति कार्यालयमा हुने सपथग्रहण र अन्य महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनेबाहेक उपराष्ट्रपतिलाई नियमित जिम्मेवारी छैन।

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सेती नदीमा ट्याक्टर खस्दा २ जना बेपत्ता

ट्याक्टर सेती नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

‘यागी’ चक्रवातका कारण दक्षिणपूर्वी एशियाका ६० लाख बालबालिका प्रभावित: युनिसेफ

भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।

बझाङको माझीगाउँ केन्द्र भएर भूकम्प

बुधबार बिहान १०:०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। 

काठमाडौँसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी, किसान उत्साहित

अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको छ। खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ। 

च्याम्पियन्स लिग: डायनामो जागरेबविरुद्ध बार्यन म्युनिखको ९ गोल

बार्यनको जितमा ह्यारी केन एक्लैले ४ गोल गरे। उनी च्याम्पियन्स लिगको एकै खेलमा ४ गोल गर्ने पहिलो इंग्लिस खेलाडी तथा च्याम्पियन्स लिगमा पेनाल्टीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

मानिसले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। घरहरू भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो बनेको छ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।