AnonymousUser

Logout

कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालनमा

हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो।

म्यानमारमा डुंगा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता

डुंगामा अधिकांश विद्यार्थी सवार थिए। उनीहरू दुई हप्ताको बिदापछि गाउँबाट म्येइक शहर फर्किरहेका थिए।

सुनको मूल्यमा नयाँ कीर्तिमान

आइतबार तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन १ लाख ६५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। 

अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले गर्‍यो शृंखला ‘क्लिन स्विप’

जितका लागि पाएको १५७ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ८ बल बाँकी छँदा पूरा गर्‍यो। पहिलो खेल १७ रन र दोस्रो खेल सुपर ओभरमा जितेको थियो। 

खुल्यो हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक  

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै सञ्चालनमा आएको छ।

अमेरिका निर्यात हुन थाल्यो बागलुङको छुर्पी 

बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ। सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ। 

न्युजिल्यान्डलाई पहिलो पटक महिला विश्वकपको उपाधि

दुबईमा आइतबार भएको फाइनलमा न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

नेपाल एअरलाइन्सका ३ वटै विमान सञ्चालनमा

नेपाल एअरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ। 

न्याय सम्पादन प्रभावित हुने भयमा सूर्यदर्शन सहकारी पीडित

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा उनका समर्थकसँगै सहकारी पीडित सडकमा थिए। समर्थकले सरकारको विरोधमा नारा लगाए भने सहकारी पीडितले रकम फिर्ताको माग गरिरहे।

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरिएको छ।

खुलामञ्चमा के बनाउँदैछ काठमाडौँ महानगर?

अहिले खुलामञ्चमा धमाधम निर्माणको काम भइरहको छ। खुलामञ्चलाई घाँसे मैदान बनाउन लागिएको काठमाडौँ महानगरले जनाए पनि अकुपाई टुँडिखेल अभियन्ताहरूले आशंका व्यक्त गरेका छन्।

संक्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ।

खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गरिने

सरकारले खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

शेयरबजार ४७ अंकले घट्यो, कारोबार ८ अर्बभन्दा धेरै

साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ।

क्रान्तिपछिका विरोधहरूले बांग्लादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा

मुहम्मद युनुसको नेतृत्वमा एक अन्तरिम सरकारले पदभार सम्हाले पनि कामदारहरूले रोजगारी र राम्रो तलबको माग गर्दै पोशाक कारखानाहरूमा विरोध जारी राखेका थिए।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण

सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिनसक्ने बोर्डले जनाएको छ।

कास्कीको शहीद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा

प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

नारायणीमा साढे ५ करोड खर्चेर झोलुंगे पुल, निकुञ्जको अड्चनले २ वर्षदेखि ताला

चितवनको बाल्मिकि आश्रम र नवलपरासीको त्रिवेणीधाम जोड्न नारायणी नदीमा  झोलुंगे पुल बनाउनै आठ वर्ष लाग्यो। बनाइसकेको पनि दुई वर्ष भयो। तर ताला लगाएर बन्द गरिँदा नेपाली भूभाग पुग्न भारत भएर जानुपर्छ।