ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न असहज परिस्थिति सामान्य बने पनि त्यहाँका नेपाली विद्यार्थी अझै ढुक्क छैनन्। के भइरहेछ यो घटनाको अनुसन्धान?
क्यानले युगान्डामा हुने चार देश सम्मिलित टी२० महिला क्रिकेट शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
धुलिखेल–खावा खण्डमा समयसीमाको ११ महिना नाघिसक्दा पनि निर्माण कम्पनीबाट सम्झौताअनुसार काम नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का रद्द गरेको छ।
अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः आफ्नै देशको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको क्रेमलिनले टिप्पणी गरेको छ।
जमेको हिउँ र पहिरो पन्छाएर नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा ल्याइएको छ।
आइतबार नेप्से परिसूचक ७५.२४ अंक अर्थात् २.६७ प्रतिशतले बढेर २८९०.२८ को बिन्दुमा कामय भएको छ।
सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यूएसएआईडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
सरकारी तथ्यांकअनुसार करिब एक करोड २० लाख जनसंख्या भएको देशमा सवारी दुर्घटनाबाट हरेक वर्ष एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ।
सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले सडकको अवरोध हटाउन काम गरिरहेका छन्। मुगुमा बिहीबारदेखि हिमपात भएको थियो।
आर्थिक वर्ष २०८०/०८१ को पहिलो सात मिहनाको तुलनामा यस वर्ष धानको आयात ७२ प्रतिशतले वृद्धि भएको छ।
शुक्लाफाँटा नगरपालिका– १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार ९०० मिटर र वडा नं ८ वडा कार्यालयबाट दक्षिणतर्फ दुई हजार ९०० मिटर तारजाली जडान हुनेछ।
इलामको सन्दकपुरमा नेपालतर्फ विद्यालय नजिक नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको हो। महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन्।
गोली लागेर गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय सुरेन्द्र विष्टको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आयोजक केपी एफसीलाई ४–० को गोल अन्तरले हराउँदै मच्छिन्द्र जारी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ।
यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मिहिनेत बगाएको थियो भने अहिलेको हावाहुरी र असिनापानीले गहुँ, मकै र केराखेती नष्ट पारेको छ।
युद्धविरामको दोस्रो चरणले गाजामा रहेका दर्जनौँ बन्धक मुक्त हुने र युद्धको स्थायी अन्त्यका लागि मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।
मन्त्रालयहरूले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकको विवरण आगामी चैत १ गतेदेखि चैत २० गतेसम्म अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसक्नुपर्नेछ।