ठेकेदारको लापरबाहीका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण सकिएको थिएन। पछिल्लो एक वर्षदेखि निर्माणको काम ठप्प थियो।
समयमै वन व्यवस्थापन गरी काठ–दाउरा संकलनलाई थप प्रभावकारी बनाउन तथा गाउँबस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न विज्ञहरूको सुझाव छ।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुंगा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको काम शुरू भएको छ।
होटलमा रहेका पर्यटकलाई उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो।
कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन। नाका खुलेसँगै व्यापार व्यवसाय गर्न सहज हुन थालेको स्थानीयले बताएका छन्।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
पहिलो हाफमा म्यानमारलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन।
विश्वविद्यालयका संस्थापक पदाधिकारी र सत्तारूढ दलले आ-आफ्ना मान्छेलाई उपकुलपति बनाउन खोजिरहेका छन्। यही स्वार्थको द्वन्द्वले उपकुलपति नियुक्ति प्रक्रिया थप पेचिलो बनेको छ।
गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्।
सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँको नागरिक बचतपत्र र ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ।
सिमेन्ट उद्योगको प्रदूषणले दाङको गढवा र अर्घाखाँचीको शितगंगाका स्थानीयलाई स्वास्थ्य संकट छैन, खेतीसमेत हुन छाडेको छ। जनजीवनमै संकट आउँदा उद्योग सञ्चालक भन्छन्– कहिलेकाहीँ धुलोधुवाँ भइहाल्छ नि।
वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।
इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब १५० मिटर तल कालीगण्डकीको किनारमा खसेको हो।
गण्डकी प्रदेशमा ७४ आधारभूत अस्पताल घोषणा भएकामा ३५ सञ्चालनमा रहेका छन्। पाँच अस्पताल निर्माण शुरू भई अलपत्र अवस्थामा छन्।
ट्याक्टरमा मृतकसहित चार जना चढेका थिए। चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन्। लिग चरणमा दुवै टोलीले लेबनान र किर्गिस्तानलाई हराएका थिए।
फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।
आपराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै प्रहरीले आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ।