आर्सनलले पीएसभीमाथि गोलको वर्षा गरेको छ। पाहुना टोली आर्सनलले नेदरल्यान्डको क्लब पीएसभीलाई ७–१ ले हराएको हो।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।
रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।
खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्न खोज्दा ग्यास निस्किएर थप जटिलता थपिएकाले जिम्मेवार निकायको ध्यान जान आवश्यक रहेको स्थानीयको भनाइ छ।
नेपाली यू१९ क्रिकेट टोलीले घरेलु मैदानमा अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ।
अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेश हुने भएको छ।
अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्त ५२ जना पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्चले अन्तिम सुनुवाइ अघि बढाएपछि उनीहरूको पद र त्यसबाट सिर्जना हुनसक्ने सम्भावित परिदृश्यबारे चर्चा शुरू भएको छ।
सरकारले ल्याएका अध्यादेश बुधबार बस्ने प्रतितिनिसभाको बैठकबाट पारित गराउन सत्तारुढ दल कांग्रेस र एमालेले आ–आफ्ना सांसदलाई अनिवार्य उपस्थितका लागि ‘ह्विप’ जारी गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको छ।
आगामी आर्थिक वर्षका लागि १९ खर्ब हाराहारीको बजेट ल्याउने गरी ‘सिलिङ’ निर्धारण गर्दा आन्तरिक राजस्वबाट १२ खर्ब ६३ अर्ब मात्रै उठ्ने अनुमान गरिएको छ भने करिब साढे ६ खर्ब बराबर स्रोत अपुग हुने देखिन्छ।
मंगलबार नेप्से परिसूचक ३०.३६ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २८४६.३० को विन्दुमा कायम भएको छ।
डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो।
काठमाडौँ उपत्यकाभित्रका पुराना बस्तीमध्येको नक्साल भगवतीवहालस्थित सडक लामो समयदेखि अस्तव्यस्त छ। यसपछाडि जोडिन्छ, सडकमा गाडी निषेध गरेर सम्पदा पदमार्ग बनाउन स्थानीयले उठाएको आवाज।
मध्यपहाडी लोकमार्गको बागलुङखण्डको विकल्प मानिएको सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का खुलाएको छ।
थापाथली चोकबाट प्रसूतिगृहतर्फ जाने सडकमा मंगलबार बिहान पाइप फुटेर पानी बाहिर निस्किँदा सडकसमेत भत्किएको छ। हिलो र गिट्टी छरिएका छन्।
थाहा नगरपालिका दामनका महिला तरकारीको मौसम सकिएपछि वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन्।
तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिएको छ। विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ।