विवाहपछि पनि टेड र एलन लामो समय नेपाल बसे। छोरीलाई जन्म दिन अमेरिका पुगे। तर टेडलाई रोगले समात्यो। उनको निधनको चार वर्ष बितिसकेको छ। उनका संकलनका पुस्तक भने 'प्रेमको प्रतीक' बनेर नेपाल आइपुगेका छन्।
बहपुर गाउँमा सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट लगाएका थिए। तीमध्ये अधिकांश बोट मरिसकेका छन्।
नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने र सो ठाउँमा रहेको सेनाको फुटबल मैदान र सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने सहमति भएको छ।
चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म आठ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबर मात्रै उठाएको छ।
उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए। पालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ।
बुसान शहरको अग्नि नियन्त्रक सेवाले आगो निभाउन ९० जना अग्नि नियन्त्रक खटाएको थियो। भवनभित्र फसेका कामदारलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरिएको थियो।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बालमन्दिर जग्गा प्रकरणको छानबिन प्रारम्भ गरिएको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको जानकारी दिए।
छापावाल सुनको मुल्य बिहीबार १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
उक्त सडकको विकल्पका रूपमा कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
अनलाइन श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।
म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको किसानले बताएका छन्।
कोशी र मधेशका तराई भूभागमा हुस्सु र कुहिरो तथा बाँकी भूभागका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पुटिनले युक्रेनमा युद्ध अन्त्यका लागि द्वन्द्वको ‘मूल कारण’ सम्बोधन हुनुपर्ने बताएका छन् भने न्यायपूर्ण शान्तिको सुनिश्चितताले मात्रै युद्धको स्थायी अन्त्य हुने जेलेन्स्कीको भनाइ छ।
नेपालमा भएका अनलाइन दुर्व्यवहारका घटनामध्ये ८१ प्रतिशतभन्दा बढी फेसबुकमार्फत हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
सवारी दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल पर्छन्। दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलकै कारण हुन्छ। काठमाडौँ उपत्यका त मोटरसाइकल दुर्घटनाको ‘हट्स्पट’ नै मानिन्छ।
सर्वोच्च अदालतले उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिव, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सचिवलगायतलाई बोलाएको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा ९४५ वटा सवारीसाधनमा प्रदूषण परीक्षण गर्दा ५१५ वटा अर्थात् ५४ प्रतिशत मापदण्ड विपरीत भेटिएको काठमाडौँ महानगरले जनाएको छ।
रौतहटको जंगलमा भेटिएको घाइते ‘एमगज’ नामक हात्तीको बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवनका पशुचिकित्सकको टोलीले उपचार गरेको छ।
बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ को बिन्दुमा कायम भएको छ।
बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विशेष अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो।