चार वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले बुधबारदेखि सुनुवाइ शुरू गरेको छ। सर्वोच्चले यसको प्रत्यक्ष प्रशारणको समेत व्यवस्था गरेको छ।
सन् २०३० सम्ममा नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ।
भारतका कुलदीप यादव वा दक्षिण अफ्रिकाका तब्रेज साम्सीको शैलीमा बलिङ गर्ने क्रिकेटर नेपालको राष्ट्रिय टोलीमा कोही छैनन्। त्यही शैलीका बलर तुलबहादुर थापा देशको प्रतिनिधित्व गर्ने अठोटमा छन्।
ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन नै दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपत्काल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए।
मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ।
वीरगन्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ को खेतीयोग्य जमिन डुबानमा परेको हो। वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन्। किसानले बाली लगाउन पाएका छैनन्।
गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्रांगद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको थियो।
गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालामा गाईको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गाईका हाडछाला मात्र देखिन्छन्।
सिटीको मैदानमा भएको प्लेअफको पहिलो लेगमा रियल ३-२ गोलले विजयी भयो। खेलमा सिटीले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मध्य र पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।
रुकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठमहिने नाबालकसहित दुई जनाको हत्या भएको छ।
पश्चिम नवलपरासीमा निर्माण शुरू भएका ५० वटा खानेपानी योजना वर्षौंदेखि अधुरै रहँदा स्थानीय आर्सनिकयुक्त चापाकलको पानी पिउन बाध्य छन्।
‘भूमिसम्बन्धी अध्यादेश’लाई सरकारले सीमारहित रूपमा प्रत्यायोजन गरेको, जसले सुशासन प्रवर्द्धनलाई अवमूल्यन गर्नुका साथै राजनैतिक नियतमाथि प्रश्न उठाएको ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), नेपालको भनाइ छ।
सरकारले जारी गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विविध बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमाक्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने या बाँड्न ल्याइएको जसपाको भनाइ छ।
गोसाइँकुण्ड क्षेत्रको संरक्षण र सम्भावित दुर्घटना रोक्न पानी जमेका तालतलैयामाथि हिँड्न प्रतिबन्ध लगाइएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।
अदालतले कुनै मुद्दालाई अग्राधिकार दिनुको अर्थ हो– प्राथमिकतामा राखेर चाँडो टुंगो लगाउने। सर्वोच्च न्यायालयले अग्राधिकारप्राप्त मुद्दा किनारा लगाउन गरिरहेको ढिलासुस्तीले भने अर्कै अवस्था देखाउँछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले जनाएको छ। नेपालले १०० अंकमा जम्मा ३४ अंक प्राप्त गरेको छ।
सभामुख देवेन्द्र घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि प्रतिनिधिसभाको बैठक शुरू भएको छ।