पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।
बेलौरी नगरपालिका– ६ ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका उमेश चौधरीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको कुण्डा सबडिभिजन वन कार्यालयले जनाएको छ।
जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, सांमालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज भएको छ।
घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।
यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
अधिकांश युवापुस्ता जिल्ला बाहिर बस्छन्, गाउँघरमा बुढापाका। बाढीपहिरोले बाटोघाटो बिग्रिए शहर बजारमा रहेका छोराछोरी आउन नपाएपछि बुढापाकाका लागि यस वर्षको दशैँ खल्लो हुने भएको छ।
महँगी बढेकाले मलहरूमा चहलपहल कम भएको व्यापारीहरूको अनुमान छ। यही अवस्था रहिरहे व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउने उनीहरू बताउँछन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ भने १८ जना बेपत्ता छन्।
काठमाडौँका अधिकांश सरकारी अस्पतालका औषधि पसलमा अनलाइन भुक्तानीको व्यवस्था छैन। सजिलो विकल्प नहुँदा नगद जुटाउने झन्झट झेल्नुपरेको सेवाग्राहीको गुनासो छ।
काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको योगदानका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर मूल्य घट्दा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
कार्यविधि संशोधन भएसँगै स्थानीय तहले भविष्यमा आइपर्ने विपद्का समयमा प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गरेर उद्धार, राहत र स–साना आयोजनाको पुनर्निर्माण गर्न सक्नेछन्।
मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।
लेबनानमा इजरायलले आक्रमण तीव्र पारेपछि अस्ट्रेलियाले ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ।
अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फस्टाएको छ्याङ्तो गुरुङ बताउँछन्। १०४ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेका उनको भनाइ छ।
यतिबेला काठमाडाैँको कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीहरू बोराबाट कुहिएको आलु हटाएर सद्दे आलु घाममा सुकाउनमा व्यस्त छन्।
मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
धानखेतीका लागि किसानले प्रतिबिघा ३० देखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका छन्। त्यही खेत बाढीले डुबाउँदा उनीहरूले निकै घाटा बेहोर्नुपरेको छ।