सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ बाबाले दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठनको माग गरे।
इजरायलले मंगलबार गाजाभर पुनः हमला शुरू गरेको थियो। यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भंग गरेको छ।
कोशी सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि ५ खर्ब ४७ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो। जसमध्ये ३ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ।
चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लूएचओको भनाइ छ।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।
बाढी पहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो। बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किमीमध्ये साढे आठ किमी सडकपूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।
विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो हिस्साका रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताए।
नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सो विधेयक सभामा सर्वसम्मतिले पारित भएको हो।
सरकारको लचिलो नीति, बैंकमा पर्याप्त लगानीयोग्य रकम, सस्तो व्याजदर हुँदा पनि घरजग्गाको कारोबार लयमा फर्किन सकेको छैन। तीन वर्षअघि घरजग्गा व्यवसायमा देखिएको शिथिलता किन अझै कायम छ?
नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ।
सूक्ष्म गुरुत्वाकर्षणमा मांसपेशीहरू कमजोर हुन थाल्छन्, शरीरको सन्तुलन बिग्रन्छ र शरीरमा तरल पदार्थहरू परिवर्तन हुन थाल्छन्।
१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक सामान्य बढ्दा १० उपसमूहको घटेको छ।
'अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो। गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेको छ।'
सांसद माधव सापकोटाले काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड रुपैयाँ अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे।
नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए।
विशेष अदालतले भ्रष्टाचारका मुद्दा ६ महिनाभित्र टुंग्याउन अभियान नै चलाएको छ। तर सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको मुद्दा एक वर्षमा १४ पटक पेसी चढेर पनि फैसला हुनसकेको छैन।