बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो।
छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्।
पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर तथा सवारीसाधनमा आगलागी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
प्रभावित क्षेत्रमा विशेष योजनाका पुनर्निर्माण गर्ने योजनाका साथ लाग्न विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी रहेको सरकारले जनाएको छ।
कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा फेरि सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्।
किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले केही दिनअघि पानी परेका कारणले डेंगी संक्रमण बढेको बताए।
दक्षिण ललितपुरका तीन गाउँपालिकामा बाढी तथा पहिरोले विद्युतका खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेपछि आठ दिनदेखि विद्युत् अवरुद्ध भएको छ।
‘लेबनान सानो देश छ, जुन कुनामा बम पड्के पनि आवाज यतै सुनिन्छ। अहिलेसम्म यति डरलाग्दो गरी आक्रमण भएको थाहा थिएन। जताततै ड्याङडुङ सुनिन्छ।’
बाढीपहिरोबाट एक्कासि उत्पादन तथा प्रसारण लाइनमा आएको अवरोधका कारण ११ सय मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। क्षतिग्रस्त माथिल्लो तामाकोशी सञ्चालनमा ल्याउनै एक वर्ष लाग्ने प्रारम्भिक अनुमान छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका काम सकिएको बताए।
ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि एकीकृत भन्सार जाँचचौकी परिसर तनावग्रस्त बनेको छ।
दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम मियाजाकी विमानस्थलमा विस्फोट भएपछि जापानले क्षेत्रीय विमानस्थलहरूमा खोजी गरी विस्फोटक सामग्री सफा गर्ने घोषणा गरेको छ।
काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारीसाधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
संविधानमा राखिएको संघीयता कसरी कार्यान्वयन भइरहेको छ भनेर कुनै पनि राजनीतिक दलले चासो नदिने गरेको काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा. अच्युत वाग्लेले बताए।
बाढीपीडितले आफूहरूको गुनासो सुन्न कोही नआएको र विद्यालयमा आश्रय लिइरहेको बताएका छन्। तीनै तहको सरकारले गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरूको गुनासो छ।
समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताको ४२ अर्ब रुपैयाँ उठाउने अधिकार पाएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय आफै उल्झनमा फस्दा बचतकर्ताको रकम तत्काल फिर्ता हुने सम्भावना न्यून देखिएको छ।
हिलिन आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन्। करिब आठ लाख घर अझै पनि विद्युत्विहीन छन्।
चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गत वर्ष सोही समयमा पाँच हजार १७५ जनाले घुमेका थिए।