AnonymousUser

Logout

काठमाडौँमा अनलाइन जुवा खेलाउने ११ जना भारतीय पक्राउ, झन्डै ३ अर्बको कारोबार

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

स्वास्थ्य उपकरण खरिदमा विभागको चलखेल, बोलपत्रको ‘स्पेसिफिकेसन’मै मिलेमतो

प्रयोगशालाका लागि मेसिन किन्ने जिम्मा निश्चित कम्पनीलाई दिनेगरी शर्त राखेर स्वास्थ्य सेवा विभागले बोलपत्र मागेको छ। ती शर्तका कारण भविष्यमा प्रयोगशाला सञ्चालन खर्चसमेत बढ्ने व्यवसायी बताउँछन्।

जलविद्युत‍्मा लगानी गर्न भारतीय लगानीकर्तालाई 'इप्पान'को आग्रह

नयाँ दिल्लीमा बुधबार भएको ‘नेपाल–भारत इनर्जी समिट’मा बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन्।

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

अमेरिकाले बेइजिङको कृत्रिम बौद्धिकता (एआई)र उन्नत कम्प्युटिङ क्षमतामा खलल पुर्‍याउने उद्देश्यले मंगलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको हो

सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

आज बिहान ९ः३० बजे शुरू भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो।

३९ अंकले बढ्यो शेयरबजार, कारोबार रकम भने घटेर ४ अर्ब

मंगलबार ५८ अंक घटेर २६०० विन्दुभन्दा तल झरेको नेप्से आज ३९.१३ अंकले बढेर २६२१.८६ को विन्दुमा पुगेको हो।

रामपुरमा आगलागी, ५ घर–गोठ जले

रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन्।

प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

प्रतिपक्ष दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन्।

अमेरिकामा पक्राउ परेका ४० भन्दाबढी भुटानी शरणार्थीलाई भुटान ‘डिपोर्ट’ गरिएला?

डिसेम्बरमा अवैधानिक रूपमा क्यानडा र मेक्सिकोबाट भागेर अमेरिका पुगेका भुटानीका कारण अमेरिकाले आफ्नो ट्राभल–एडभाइजरी नवीकरण गर्दै भुटानलाई रेड–लिस्टमा राखेको छ।

सेन्टर प्लाजा आगलागी: ११ जनाको उद्धार

आगलागीमा फसेका तीन महिला र आठ पुरुषको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आगो निभाउने प्रयास जारी छ।

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध, प्रधानमन्त्रीको जवाफ माग 

माओवादीका सांसद शक्ति बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं बिचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए। 

इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी

इटहरीको मुख्यचोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान नौ बजेदेखि आगलागी भइरहेको छ।

हाक्पाराघाट पुल पाँच वर्षदेखि अलपत्र: निर्माण अघि बढाउन जनप्रतिनिधिको ताकेता

पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिकाबीचमा रहेको हाक्पाराघाट पुल सम्पन्न भएमा सिधुवा–शुक्रबारे–फाक्चामारा–हाक्पाराघाट सडक तमोर करिडोरमा जोडिनेछ।

भारत, बांग्लादेश र भुटानबाट आँखाको उपचार गर्न नेपालमा

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन्।

पन्जाबसँग गुजरात ११ रनले पराजित

पन्जाबका कप्तान श्रेयस ऐरले अविजित ९७ रन बनाए। ऐरले ४२ बलमा ९ छक्का र ५ चौका प्रहार गरेका थिए।

साउनयता ५६ अर्ब बराबरको खानेतेल निर्यात

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

एशियन कप छनोट: नेपाल मलेसियासँग पराजित

एएफसी एशियन कप छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

खड्का गाउँमा दुई समूहबीच भएको झगडामा १ जनाको मृत्यु, १६ जना पक्राउ

प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ।

बाँकेको नरैनापुरमा आगलागीबाट जले १७ घरगोठ

बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।