AnonymousUser

Logout

क्रिकेट खेल्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

विद्युत् सबस्टेसनमा आगलागीपछि अवरुद्ध हिथ्रो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा

भिडभाड कम गर्न र यात्रीको सहजताका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।

खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

खोटाङमा चट्याङ लागेर र बार्दलीबाट लडेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटमा असिना: मकैबालीमा क्षति 

चन्द्रपुरसहित उत्तरी भेगमा शनिबार बिहान परेको असिना र पानीले मकैबालीमा बढी क्षति पुगेको छ।

थाइल्यान्डले भन्यो– गाजामा नयाँ तनाव देखिनु निराशाजनक

थाइल्यान्डले सबै पक्षलाई पूर्ण संयम अपनाउन, शत्रुता अन्त्य गर्न तथा युद्धविराम र बन्धक सम्झौता कार्यान्वयनका लागि वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ।

पत्रकार माथवरसिंह बस्नेतको निधन

भक्तपुरको सूर्यविनायक–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो।

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

भारतको देहरादूनमामा जारी महोत्सवमा अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायत गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्।

बागमतीको बजेट खर्च २५ प्रतिशत मात्र, राजस्व संकलन घट्दै  

प्रदेश सरकारले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएकामा आठ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च भएको छ।

विश्व पानी दिवस मनाइँदै

जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ।

दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो। घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफै गएका थिए।

मनाङको ‘फू गाउँ’मा बीओपी राख्ने तयारी

समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको गाउँमा बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण हुने अपेक्षा छ।

डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

जलवायु परिवर्तनका कारण हिमनदीको स्रोत सुक्दै जान थालेपछि सम्जुङ गाउँमा सिँचाइ, खानेपानी र चरन क्षेत्रलगायतमा समस्या पर्न थाल्यो। जलवायु अनुकूलनका लागि स्थानीय त्यहाँबाट बसाइँसराइको बाटो रोजे।

सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

जिलेस्पीजंग कार्कीले गोलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ।

विकट गाउँमा निर्माणाधीन अस्पताल ५ वर्षदेखि अलपत्र

विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको छ।

पृथ्वी राजमार्गको अवरोध हट्यो

विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध शुक्रबारदेखि हटेको छ।

१३ वर्षमा १० जना प्रधानन्यायाधीशले टुंग्याउन नखोजेको एउटा ‘हाइप्रोफाइल’ मुद्दा

निर्णय सुनाउन ठिक्क भइसकेको माओवादी नेता अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा १३ वर्षपछि कसरी पुनः सुनुवाइतर्फ गयो? १० जना प्रधानन्यायाधीशले अवकाश पाउँदासम्म पनि किन भएन न्याय निरूपण?

बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सय उडान प्रभावित

विद्युतीय सबस्टेसनमा आगलागीपछि बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सयभन्दा बढी उडान प्रभावित भएका छन्।

निषेधत क्षेत्र तोडेर ससद् भवन पस्न खोज्दा... (तस्वीरहरू)

सिरहामा दलित बस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा ‘दलितका लागि दलित अभियान’ले प्रदर्शन गर्दै निषेधित क्षेत्र तोडेर संसद् भवन छिर्ने प्रयास गरेको छ।

आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

लेखा समितिले ४८ उजुरी अध्ययन गर्न बनायो ७ वटा कार्यदल

सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पुर्‍याउन विषयगत रूपमा सात वटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।