AnonymousUser

Logout

दलहरूबीच सहमति नजुट्दा मधेश प्रदेशसभाको बैठक अनिश्चित

दलहरूबीच सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित बनेको छ।

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक ९ महिनादेखि अवरुद्ध

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडकमर्मत नहुँदा स्थानीय र पर्यटकलाई समस्या भएको छ।

बटेश्वरका तत्कालीन प्रशासकीय अधिकृत चौधरीसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध ६ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प, पानीट्यांकीमा रोकिए ३४ वटा ट्रक

भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात अवरुद्ध भएको छ।

म्यानपावरको किर्ते कागजातका कारण दुई नेपाली ४० दिनदेखि मुम्बईको जेलमा

वैदेशिक रोजगारीमा हिँडेका सर्लाहीका सद्दाम हुसेन र गुलबहार आलम ४० दिनदेखि महाराष्ट्र प्रहरीको थुनामा छन्। नाइस रेक्रुटिङ एजेन्सीले श्रम स्वीकृतिको नक्कली कागज बनाइदिँदा उनीहरू फन्दामा परेका हुन्।

भोजपुरमा ३ महिनापछि हवाई उडान

पुसबाट बन्द भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले मंगलबारदेखि उडान शुरू गरेको छ।

शेयर बजार पुनः ओरालो यात्रामा, ५८ अंकले घट्यो नेप्से परिसूचक

मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मानवसँग द्वन्द्व बढेपछि क्यामरा ‘ट्यापिङ’बाट हिउँ चितुवाको अनुगमन गरिँदै

हिउँ चितुवाले दुःख दिइरहेको गुनासो आइरहेकाले स्थानीयको पशुधनको क्षति न्यूनीकरण र चितुवाको संरक्षणमा आवश्यक व्यवस्थापन गर्नेगरी क्यामरा ट्यापिङ गरी अनुगमन गरेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ।

मस्कुलर डिस्ट्रोफी उपचार तथा रोकथामको कार्ययोजना बनाउन सुझाव समिति गठन

मस्कुलर डिस्ट्रोफीको रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापनाका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको छ।

तनहुँमा सवारी दुर्घटनाबाट ९ महिनामा ४८ जनाको मृत्यु

तनहुँमा चालु आर्थिक वर्षको फागुनसम्म भएका ४४ वटा सवारी दुर्घटनामा  ४८ जनाले ज्यान गुमाएका हुन्। ती दुर्घटनामा ८१ जना घाइते भएका छन्।

वीरगन्जबाट ८ महिनामा ५३ अर्ब २६ करोडका वस्तु निर्यात

चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार लिटर भटमासको तेल निर्यात भएको हो।

दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

संसारभरका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ।

कोशी र गण्डकीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सार्वजनिक यातायात: ‘पिक आवर’मा क्षमताभन्दा अढाई गुणा बढी यात्रु

विज्ञहरू ‘पिक आवर’मा सामान्य गाडीले एक पटकमा क्षमताभन्दा दुईदेखि अढाई गुणासम्म यात्रु बोक्ने गरेको, आरएनएसीबाट मनमैजु, भत्केको पुल क्षेत्रमा यात्रु चाप उच्च देखिएको बताउँछन्।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने सरकारको निर्णय, दाहालको आपत्ति

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारले निर्णयपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्।

मन्त्रिपरिषद् बैठक : संक्रमणकालीन आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन

सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।

संविधान जोखिममा पार्ने प्रयास नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आठ नागरिकको चेतावनी

विज्ञप्तिमा भनिएको छ, ‘छिमेक सम्बन्ध तथा बृहत् अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको यस बखत ज्ञानेन्द्रको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बनाउने अभीष्ट बोकेको छ।’

प्रधानमन्त्री कप क्रिकेट : सोमबारको खेलमा गण्डकी र सशस्त्र विजयी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन्।

स्थानीय तह मातहत नबस्ने अडानबीच ६ वर्षदेखि चलिरहेको शिक्षक आन्दोलन

शिक्षक आन्दोलन र सरकारसँग सहमतिको चक्र २०७५ सालदेखि चलिरहेको छ। स्थानीय तह मातहत नबस्ने शिक्षकको अडानबीच सरकारले गर्ने सहमति कार्यान्वयनमा कहाँ छ समस्या?

संक्रमणकालीन आयोगमा पदाधिकारी चयन गर्न पुनः सर्च कमिटी बनाउने सहमति

तीन दलका शीर्ष नेताबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन फेरि सर्च कमिटी गठन गर्ने सहमति भएको छ।