AnonymousUser

Logout

२०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसी सेनाको दाबी

रुसी सेनाले खार्किभ, डोनेटस्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणलाई विफल पारेको दाबी गरेको छ।

संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको भवन भत्काइँदै [तस्वीरहरू] 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो।

आप्रवासन नीति कस्दै अमेरिका र युरोपका देश, प्रभावित हुनसक्छन् नेपाली श्रमिक

विभिन्न देशमा भइरहेका युद्ध र प्रकोपहरूले शरणार्थी संख्या बढिरहेको बेला अमेरिका, युरोपलगायत अन्य देशले आप्रवासनमा कडा नीति ल्याएका छन्। यस्तो नीतिले ती देश जाने नेपाली श्रमिकलाई पनि समस्या हुनसक्छ।

शुक्रबार घट्यो सुनचाँदीको मूल्य

बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ लाख ७५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै: प्रतिवेदन

म्याप बायोमास अनुगमन प्लेटफर्मको  तथ्यांकअनुसार सन् २०२३ यता ब्राजिलले चार लाख हेक्टर जलीय सतह गुमाएको छ।

मन्थलीको बहुउद्देश्यीय कबर्डहल ४ वर्षदेखि अलपत्र 

मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माणाधीन कबर्डहलको ८० प्रतिशत काम सकिएपछि अलपत्र छ। बाँकी काम छाडेर निर्माण व्यवसायी भागेका छन्।  

सुनिन छाड्यो भँगेराको चिरबिर आवाज

चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ रहेको थियो।

गण्डकीमा बढ्दै डढेलोको जोखिम, सचेतना आवश्यक

आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनाश मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ। घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिनिधिसभाबाट निजीकरण र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित

प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ बहुमतले पारित भएको छ।

मस्तिष्कघातका बिरामीलाई ३ अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै औषधि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन लागिएको जनाएको छ।

इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने संख्या ७१ पुग्यो

इजरायलको आक्रमणबाट कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन्।

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, चार घाइते

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

राजावादी नै देख्दैनन् राजतन्त्र फर्किने सम्भावना

पूर्वराजाको पक्षमा भन्दै भइरहेका गतिविधि र शक्ति प्रदर्शनबाट राजतन्त्र आउने सम्भावना राजावादीहरू नै देख्दैनन्। आन्दोलनका ‘कमान्डर’ तोकिएका नवराज सुवेदीसमेत यस्ता आन्दोलनले राजतन्त्र नफर्किने बताउँछन्।

तनहुँमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या २ पुग्यो

विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

गुल्मीमा करोडौँका सरकारी गाडी अलपत्र

गुल्मीमा डोजर, चारपांग्रे सवारी, एम्बुलेन्स मोटरसाइकललगायतका सरकारी सवारीसाधन प्रयोगविहीन अवस्थामा छन्। तीमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेखसमेत छैन।

जातीय विभेददेखि निर्माण सामग्रीको मूल्यवृद्धिसम्मका विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदले जातीय विभेदका घटना, आगलागी, बाढी पहिरोको जोखिम, निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि मलको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

१ अर्ब राजस्व उठाउने मालपोतको भवन भूकम्पको जोखिममा

विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनर्निर्माण हुन सकेको छैन।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १२.३८ अंकले घटेर २६६९.७६ को विन्दुमा कायम भएको छ।

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन्।