AnonymousUser

Logout

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ।

प्रतिनिधिसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सांसद शान्ति विकले अहिलेको केही व्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई गलत रूपमा व्याख्या गरेको उल्लेख गर्दै विगत भइसकेको राजतन्त्र वर्तमानमा सम्भव नभएको बताइन्।

संकट नजिक दूरसञ्चार क्षेत्र, सुधारमार्फत संरक्षणमा जोड

‘रिभाइटलाइजिङ द टेलिकम इन्डन्डस्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका छन्। 

रेलका बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’को अपरेसन

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार दिउँसो विद्रोहीहरूले रेलमा आक्रमण गरेका थिए। सो क्रममा उनीहरूले रेलमार्गको एक भागमा बम विस्फोट गराएका थिए।

शरणार्थी: नक्कलीका नाममा सक्कलीको कन्तबिजोग! 

विशेषतः सन् २०१८ पछि शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रम, लुथरन जस्ता दातृ निकाय पनि काठमाडौँ केन्द्रित भएपछि शिविरमा बस्ने शरणार्थीलाई गाँस र बासकै कठिनाइ हुँदै आएको छ।

ताप्लेजुङको खोक्लिङमा १४० रोपनीमा सामूहिक मकैखेती

मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन्। १२ परिवारले १४० रोपनी क्षेत्रफलमा मकैखेती लगाएका छन्। 

चुरे समितिमा १० वर्षमा १५ अर्ब खर्च, उपलब्धि कति?

२०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ। समितिले यस अवधिमा गरेको खर्च र उद्देश्यअनुसारको उपलब्धिबारे समीक्षा हुन थालेको छ।

च्याम्पियन्स लिग: लिभरपुललाई हराउँदै पीएसजी क्वार्टरफाइनलमा 

एनफिल्डमा भएको दोस्रो लेगमा पीएसजीले पहिलो लेगको पराजय उल्टाउँदै लिभरपुललाई पेनाल्टीमा ४-१ ले पराजित गर्‍यो। 

रुससँग ३० दिने अस्थायी युद्धविराम गर्न युक्रेन सहमत 

वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने उल्लेख गरिएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

लागुऔषध मुद्दाका प्रतिवादी गोकर्णेश्वरबाट पेस्तोलसहित पक्राउ

प्रहरीले लागुऔषध मुद्दाका प्रतिवादीलाई काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ।

साफ च्याम्पियनसिप : नेपालको समूहमा भारतसँगै श्रीलंका

भारतमा आयोजना हुने साफ यू१९ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन्। 

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, २ घाइते

मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

मधेशका कानूनमन्त्रीको सुरक्षामा खटिएका असई यादवको मृत्यु

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका सहायक निरीक्षक (असई) वीरेन्द्र यादवको मृत्यु भएको छ।

पाकिस्तानी पृथकतावादी समूहले नियन्त्रणमा लियो सयौँ यात्रु सवार रेल

पाकिस्तानी सशस्त्र समूह बलुच लिबरेसन आर्मीले ४०० भन्दा बढी यात्रु सवार रेललाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

के हो युद्धमा बालबालिका प्रयोग गरेको भन्दै प्रचण्ड–बाबुरामविरुद्ध दायर मुद्दा, के गर्ला सर्वोच्चले?

‘बृहत् सुनुवाइ आवश्यक’ भन्दै पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेशपछि द्वन्द्वमा बालसैन्य प्रयोग गरेको दाबीसहित माओवादी अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईविरुद्ध दायर मुद्दाले धेरैको ध्यान खिचेको छ।

सांसद भन्छन्– व्यवस्थाविरोधी आवाज उठ्नुमा सरकारको कार्यशैली जिम्मेवार

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसदहरूको धारणा छ।

नेप्सेमा लगातार सातौँ दिन गिरावट, परिसूचक २७१९ को विन्दुमा

मंगलबार नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २७१९.२० को विन्दुमा कायम भएको छ।

खाली हुँदै गाउँ, खण्डहर बन्दै सांस्कृतिक सम्पदा

स्थानीय भन्छन्, ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै शहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ।’