काठमाडौँ महानगरपालिकाको राजस्व विभागले सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्यांकन दरलाई आधार मान्न वडाहरूलाई परिपत्र गरेको छ।
लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। लेबनानमा हाल ८७७ नेपाली शान्ति सैनिक छन्।
दशैँ अवधिमा बन्द रहेका मन्त्रालयका ढोका खुले पनि मन्त्रालयहरूका शाखा तथा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून छ।
तीन वटा केराका बिरुवा लगाएर शुरू भएको केराखेती अहिले ५०० रोपनीभन्दा बढी जग्गामा फैलिएको छ। गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’बाट ‘केरागाउँ’ भनेर चिनिन थालेको छ।
इजरायली सेनाले लेबनानस्थित शान्ति सैनिकको आधार क्षेत्रमा रहेको मुख्य गेट नै तोडेर आइतबार गरेको आक्रमणको नेपालले निन्दा गरेको छ। उक्त घटनामा १५ जना शान्ति सैनिक समस्यामा परेका छन्।
काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेपछि चिसो महसुस हुन थालेको छ। काठमाडौँमा असोज १५ गतेयता करिब ५ डिग्री सेल्सियस तापक्रम घटेको छ।
मनकामना केबलकार मर्मतसम्भारका लागि मंगलबारदेखि कात्तिक १ गतेसम्म बन्द हुनेभएको छ। कात्तिक २ गतेबाट सेवा पुन: शुरू हुनेछ।
बाढीले इनरुवासहित हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्र लगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।
युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिक घाइते हुने गरी भएका इजरायली आक्रमणको निन्दा गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्।
सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
विपद् उद्धार तथा राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ।
भैरहवामा हुने बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको क्यानले जनाएको छ।
आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।
विश्व कीर्तिमान कायम गरी फर्किएका दावा याङ्जुम र निमा रेञ्जी शेर्पासहित ९ जना पर्वतारोहीलाई स्वागत गर्न नेपाल पर्वतारोहण संघका पदाधिकारी, शुभेच्छुकलगायत बाजागाजासहित त्रिभुवन विमानस्थल पुगेका थिए।
चौकीडाँडा र माम्ती खोलानजिकको ‘डाइभर्सन’ सुधार गरेर बीपी राजमार्गमा यातायात सञ्चालन अनुमति लिएका सवारीसाधनलाई साँझदेखि चल्ने दिइने सडक डिभिजन भक्तपुरले जनाएको छ।
काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रूपमा बढ्न थालेको छ।
‘घुमुवा प्रहरी हुँ’ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।
यस परीक्षणपछि, स्पेसएक्स छिटो र पुन: प्रयोग गर्न मिल्ने रकेटहरू निर्माण गर्ने आफ्नो महत्त्वाकांक्षी परियोजनाको महत्त्वपूर्ण चरणमा पुगेको छ।
ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन्।