AnonymousUser

Logout

राप्रपा सांसद राणा पक्राउबारे सदनलाई जानकारी

राप्रपाका सांसद धवलशमशेर राणा राज्यविरुद्धको कसुर अपराधमा पक्राउ परेकोबारे सदनलाई जानकारी गराइएको छ।

न्यून 'भिजिबिलिटी'ले गर्दा त्रिभुवन विमानस्थलबाट विमान 'डाइभर्ट'

बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।

संसदमा प्रधानमन्त्रीको सम्बोधनः चैत १५ को घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न

प्रधानमन्त्री ओलीले चैत १५ को आन्दोलनको प्रमुख व्यक्ति भएको हैसियतले राजाले यस विषयमा सार्वजनिक धारणा राख्नुपर्ने पनि बताएका छन्।

यूटीएलको अनुमति जोगाउन दूरसञ्चार प्राधिकरणकै भूमिका, असुल भएन साढे ७ अर्ब दस्तुर

झन्डै दशकसम्म यूटीएलको सेवा सञ्चालनमा छैन, तर लगानीकर्तालाई राजस्वको आर्थिक भार थपिइरहेको छ। यसो हुँदा पनि यूटीएललाई कसले र किन खारेज हुनबाट जोगाउन खोजिरहेको छ?

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकासिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र कमजोर बनेको छ। यस्तो अवस्थामा महत्त्वपूर्ण मानिएको प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ।

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङको बर्खास्ती प्रकरणसहित चैत १५ को आन्दोलनलगायत विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

आईपीएल: दिल्ली र राजस्थान विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएका खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका हुन्।

वरिष्ठ पत्रकार कोइरालाको निधन

वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो।

कोशी र गण्डकीमा वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जरुरी छैन भने ८ वर्ष पनि प्रधानमन्त्री भारत भ्रमणमा नगए हुन्छ: पूर्वपरराष्ट्रसचिव डा.भट्टराई (भिडिओसहित)

‘हामीले राजनीति वा सरकार परिवर्तनकै नाममा पछिल्ला १२ वर्षको अवधिमा २० जना परराष्ट्रमन्त्री बनाएका रहेछौँ। त्यस्तै हतारोमा पहिले राजदूत नियुक्त गरेपछि मात्रै राजदूतावास खोलेका रहेछौँ।’

रवीन्द्र र धवलशमशेरसहित ११ जनामाथि राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गर्दै प्रहरी

प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर रवीन्द्र मिश्र, सांसद डा. धवलशमशेर जबरासहित ११ जनामाथि संगठित रूपमा राज्यविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

एनसेल सुपर लिग : झापा र बुटवलको गोलरहित बराबरी

एनसेल सुपर लिगमा झापा एफसी १० खेलाडीमा समेटिएको बुटवल लुम्बिनीसँग गोलरहित बराबरीमा रोकिएको छ।

इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सोमबार सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

तीनकुने घटना : रवीन्द्र मिश्र, धवलशमशेरलगायतलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्म स्थगित

दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ।

रवीन्द्र मिश्र, धवलशमशेरलगायतलाई म्याद थप्न लगियो अदालत

तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका व्यक्तिलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

बालेनले खोतलखातल पारेको टुकुचा: उनको त ‘बिम्ब’ बन्यो, तर के भयो?

साढे दुई वर्षअघि टुकुचाको अतिक्रमण हटाउन डोजर चलाएको काठमाडौँ महानगर त्यसयता टुकुचा संरक्षणका लागि के गर्दै छ भन्ने त कतै देखिन्न। बरु महानगरले हटाएका टुकुचामाथिका संरचना फेरि दुरुस्त भइसकेका छन्। 

चितवनमा सञ्चालित २ सुधारगृह बन्द गर्न निर्देशन

अनुगमनका क्रममा अधिकांश सुधारगृह मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको, सानो कोठामा धेरै व्यक्तिलाई राखेको, मनोपरामर्श चिकित्सकको सुविधासमेत नभएको पाइएको चितवन प्रशासनले जनाएको छ।

नेप्से परिसूचकमा २९ अंकको वृद्धि, साढे ७ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक २९.८२ अंकले बढेर २६९३.१२ को बिन्दुमा कायम भएको छ।