अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले तीन दलबीच तत्काल सर्च कमिटीलाई पूर्णता दिएर संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन प्रक्रियालाई अगाडि बढाउने समझदारी भएको बताए।
शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाएकाका आफन्तले चर्को मूल्यमा ट्याक्टर ‘रिजर्भ’ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ।
बाढीपहिरोमा परी काभ्रेमा ६ जना अझै बेपत्ता छन्। धेरै दिनसम्म खोजतलास गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु भएको छ।
यी जीवहरूको कानूनी उपलब्धताले तस्करी कम हुनका साथै मूल्य पनि घटेको छ। तर पर्यावरणविद्हरू भने कानूनी वन्यजन्तु व्यापारसँग धेरै खुसी छैनन्।
नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ ऋण भुक्तानी गरेको जनाएको छ।
मन्त्री पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरूप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन्।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कुरुवाघर बनेको सात वर्ष भइसकेको छ तर अस्पतालको लापरबाहीले बिरामीका कुरुवा खुला आकाशमुनि र चिसो भुईंमा बस्न बाध्य छन्।
चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ।
किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट संकलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।
सातौँ संस्करणको दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ।
गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बालबच्चाको पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भएको उनीहरूको भनाइ छ। ऋण गरेर स्वदेशमै व्यापार व्यवसाय गर्नेबारे सोचे पनि आँट्न नसकेपछि बिदेसिन बाध्य भएको उनीहरू बताउँछन्।
नाइजेरियाको माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा पल्टिएर इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा आपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा मनाइएको छ।
सडक डिभिजन भक्तपुरले बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको छ।
मीनबहादुर गुरुङले ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरेको, यसमा कुनै किसिमको सौदाबाजी र लेनादेना’ नभएको एमालेको भनाइ छ।
सरकारी नीति खुकुलो भई उद्योगी–व्यवसायीले खाली रहेको छतलाई उपयोग गरेर सौर्य प्रणालीबाट उत्पादित विद्युत् उपभोग गर्न पाएमा धेरैजसो उद्यमी बिजुलीमा आत्मनिर्भर हुने अवस्था रहेको ऊर्जा व्यवसायी बताउँछन्।