AnonymousUser

Logout

बीपी राजमार्ग आठ घण्टादेखि अवरुद्ध

अविरल वर्षापछिको बाढीमा बेपत्ता एक महिलाको खोजी पनि जारी छ। सोमबार साँझ पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा स्थानीय ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्। 

बागलुङको गाजादहमा थपिए पर्यटकीय पूर्वाधार, बढ्यो चहलपहल

जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका छन्।

यस्तो रहनेछ मंगलबारको मौसम

कोशी, गण्डकी र कर्णालीको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभाग हिमपातसमेत हुने सम्भावना छ।

मर्मतपछि कुलेखानी तेस्रोबाट थालियो विद्युत् उत्पादन

जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतसम्भार गरी सोमबार साँझदेखि विद्युत् उत्पादन शुरू गरिएको छ।

रुकुमपश्चिम जिप दुर्घटनामा मृतकको संख्या २ पुग्यो

सानीभेरी गाउँपालिका–१० मा भएको जिप दुर्घटनामा घाइते भएका थप एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।

धनुषामा बिहे भोज खाँदा १०० जनाभन्दा बढी बिरामी

धनुषाको मिथिला विहारी नगरपालिका–८ मा बिहे भोजमा खाजा खाँदा जन्तीसहित १०० भन्दा बढी बिरामी परेका छन्।

सुन्धारामा दुइटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँस्थित सुन्धारामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

प्रतिकूल मौसमका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ देखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ।

अमेरिका र चीन ११५ प्रतिशत कर कटौती गर्न सहमत

अमेरिका र चीनले वार्तापछि संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेको जनाएका छन्।

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध १ अर्ब २१ करोड कर छलीको मुद्दा

कन्स्ट्रक्सनका सञ्चालकले वस्तु तथा सेवा हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको विभागको आरोप छ।

सुनको मूल्यमा भारी गिरावट

आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्जेन्डरलाई रिहा गर्ने

हमासले अक्टोबर ७ मा पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा कार्यरत थिए।

अमेरिकी सहयोग रोकिएपछि संकटमा नेपालको एचआईभी रोकथाम कार्यक्रम

सन् २०३० सम्ममा एचआईभी/एड्सको केन्द्रीकृत महामारी अन्त्य गर्ने लक्ष्य राखेको नेपाललाई त्यसमा भरथेग गरिरहेको अमेरिकी सहायता नै रोकिएपछि ठूलो धक्का पुगेको छ।

जेलेन्स्कीले भने– बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका बारेमा छलफल गर्न ‍रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इस्तानबुलमा 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।

हिमालबाट ७७ करोड रोयल्टी संकलन

सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

यू १९ साफ च्याम्पियनसिप: श्रीलंकालाई ५-० ले हराउँदै नेपाल सेमिफाइनलमा

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा आइतबार राति सम्पन्न खेलमा श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।

पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

गभर्नर बन्ने चर्चाबीच सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

राष्ट्र बैंकको गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन्।

सहकारीको धितो सुरक्षण बिक्री गरी बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाउन परमादेश

परमादेशमा सात दिनभित्र सिफारिस समिति गठन गरी बढीमा एक महिना १५ दिनभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न भनिएको छ।