AnonymousUser

Logout

झापामा हराएका बालकको २ दिनपछि शव फेला

झापाको कमल गाउँपालिका–१ मा दुई दिनअघि घरबाट हराएका १२ वर्षीय बालक सुसान शेर्पाको शव मंगलबार कृष्णखोला किनारमा फेला परेको छ।

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएसँगै घट्यो तेलको मूल्य

इजरायलले इरानसँगको युद्धविराम प्रस्तावमा सहमति जनाएसँगै विश्व बजारमा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को बिन्दुमा कायम भएको छ।

धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति समयमै नसकिँदा वर्षायाममा यात्रुलाई सास्ती

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भए पनि नयाँ ठेकेदारमार्फत काम थाल्न अझै केही समय लाग्ने डिभिजन कार्यालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा  छानबिन गर्न समिति गठन, प्रतिपक्षी २ दलको असहमति

भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नीतिगत, कानुन र संरचनात्मक सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता गरेबमोजिम समिति गठन गरिएको सरकारले जनाएको छ।

युद्धविराम गर्न इजरायल र इरान तयार 

दुवै देशले ट्रम्पले गरेको युद्धविरामको प्रस्ताव स्वीकार गर्नुअघि मंगलबार बिहानसम्म नै एकअर्काविरुद्ध आक्रमणलाई जारी राखेका थिए। 

इजरायल र इरानसँग बदलिएको नेपाली साइनो

इजरायलसँग नेपालको सम्बन्ध राम्रो छ र त्यहाँ हजाराैँको संख्यामा नेपाली श्रमिक कार्यरत छन्। इरानसँग पनि कुनै समय नेपालको मित्रता थियो। यी देशसँग विगतदेखि वर्तमानसम्म नेपालको सम्बन्ध कस्तो रह्यो त?

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको छ।

नेपालसँग जापान ९ विकेटले पराजित

जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि शुभम खनालले ५ विकेट लिए।

पीएसजी क्लब विश्वकपको नकआउट चरणमा

पीएसजीले अमेरीकी टोली सिएटल साउन्डर्सलाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो। पीएसजीको जितमा कवा-रात्स-खेलिया र अच्राफ हाकिमीले गोल गरे।

इजरायल र इरान युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी

राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन्। 

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार

अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदम अपनाउँदै समयमै सैनिक र कर्मचारीको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत नभएको जनाइएको छ।

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक–वित्तीय संस्थाले पाए थप १ वर्ष समय

बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत कर्जा प्रवाहमा कायम गर्नुपर्ने न्यूनतम सीमा पुर्‍याउने समय एक वर्ष थपिएको छ।

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। 

इरानी सुरक्षा निकाय र इभिन जेल लक्षित इजरायली हवाई आक्रमण

इजरायलले युद्धको एघारौँ दिनमा इरानको राजधानी तेहरानस्थित इरानी सेनाको संरचना, बासिज मिलिसियाको कमान्ड केन्द्र, इभिन जेल र फोर्डो युरेनियम समृद्धिकरण केन्द्रमा शक्तिशाली हवाई आक्रमण गरेको छ।

अमला रोका धरौटीमा रिहा भएलगत्तै पक्राउ

६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोका रिहालगत्तै पक्राउ परेकी छन्। सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

इरान–इजरायल द्वन्द्व : तेहरानबाट मासाद शहर आइपुगे ११ नेपाली

इरानमा रहेका ११ नेपाली श्रमिक भारतको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्।

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा अर्को उजुरी

मो. आफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सर्वोच्चको परमादेश र प्रत्यक्षदर्शीका बयानलाई बेवास्ता गरी फैसला गरेको भन्दै न्याय परिषद्‌मा अर्को उजुरी परेको छ।

बालमन्दिर जग्गा प्रकरण : तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ जिल्ला अदालतले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।