संसद् भवनमा ड्रोन खसालेको आरोपमा टेकस्पायर कलेजका प्राध्यापक र चार विद्यार्थीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
संघीय अस्पतालहरूमा उपकरणको यकिन विवरण नहुँदा र धेरै उपकरण बिग्रिएर थन्किएको पाइएपछि स्वास्थ्य मन्त्रालयले अब ती उपकरणको अनिवार्य लेखा परीक्षण गर्ने निर्णय गरेको छ।
काठमाडौँ महानगरपालिका-६, चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।
राैतहट बम काण्डमा जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका आलमलाई उच्च अदालतले सफाइ दिने फैसला सुनाएको थियो।
कानून निर्माणमा सांसदले सरकारको ‘बिजनेस’ मात्र थाम्नु नपर्ने अभ्यास शुरू भएको साढे तीन दशक पुगिसक्यो। तर सांसद सरकारको मुख ताक्नमै तल्लीन छन्, गैरसरकारी विधेयक संसद्को प्राथमिकतामै पर्दैनन्।
गोरखाका आर्थिक रूपमा कमजोर समुदायका लागि कबुलियती वन जीविकोपार्जनको माध्यम बनेको छ।
दक्षिण कोरियाको अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योललाई डिसेम्बरको मार्सल लसम्बन्धी प्रमाण नष्ट गर्ने जोखिम रहेका भन्दै नयाँ गिरफ्तारीका लागि अनुमति दिएको छ।
इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ।
बिहीबार नेप्से २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा कायम भएको छ भने नौ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
बाढी र पहिरोले रसुवाको स्याफ्रुबेसी–टिमुरे सडक पूर्णरूपमा अवरुद्ध छ। यो सडकमा पैदल यात्रा गर्न पनि मुस्किल भएको छ।
स्थानीयको विरोधपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चोभार गल्छीको गेग्र्यान सरसफाइको निर्णय तत्कालका लागि स्थगित गरेको छ।
विगत २४ घण्टामा देशभर भएका विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरूमा चार जनाको मृत्यु भएको छ।
तियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।
आगामी दिनमा भूउपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्वीरहरूले थप पुष्ट्याइँ दिन सक्नेछ। जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने जनाएको छ।
पारिवारिक पुर्नमिलन कार्यक्रमअन्तर्गत क्यानडा स्थायी बसोबासमा जान तयारी गरेको तीन वर्ष भए पनि गृह मन्त्रालयले यात्रा अनुमतीपत्र नदिँदा रोशन घर न घाटको भएका छन्।
चीनले ऊर्जा दक्ष प्रविधिको प्रयोग, नवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमलाई प्राथमिकता दिँदै आएको छ।
बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाउँदा आवतजावत बन्द भएको छ। स्याफ्रुवेँसीदेखी टिमुरेसम्म सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रियल मड्रिडलाई ४–० ले हराउँदै पीएसजी फाइनलमा पुगेको हो। पीएसजीले अब उपाधिका लागि आइतबार राति चेल्सीसँग खेल्नेछ।
मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ।