AnonymousUser

Logout

बर्खा लागेसँगै चिन्तामा नल्लुका बाढीपीडित [तस्वीरहरू]

ललितपुरको गोदावरी नगरपालिका–६, ढुंगे, जुरेडाँडा, नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीय बर्खा लागेसँगै त्रासमा छन्। उक्त क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले क्षति पुर्‍याएको थियो।

सुकेटार विमानस्थलमा असारयता उडान ठप्प

“मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। सुरक्षाको दृष्टिकोणले उडान रोक्नुपरेको हो,” स्टेसन इन्चार्ज कार्कीले भने।

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह: विश्व बैंक 

असुरक्षित र द्वन्द्व प्रभावित मुलुकमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पहाडी भूभागमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

निजी विद्यालय सञ्चालन र इसीडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकाससम्बन्धी व्यवस्था पारित भएका छन्।

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।

विपद् न्यूनीकरणका लागि काठमाडौँका नदीबाट निकालियो २ हजार ट्रिप माटो

कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विष्णुमती, धोबीखोला, मनोहरा र टुकुचालगायतका खोलाबाट निकालिएको करिब २ हजार ट्रिप माटो चोभार र कीर्तिपुरमा व्यवस्थापन गरिएको छ।

वीरगन्जमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

पर्साको वीरगन्जमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ट्रम्पले ‘कम्युनिस्ट’ भनेका ममदानीले अमेरिकी राजनीतिमा ल्याएको तरंग

न्युयोर्कमा आगामी नोभेम्बरमा मेयरको चुनाव हुँदा डेमोक्‍य्राटिक पार्टीबाट इजरायली प्रधानमन्त्री नेतन्याहुका कट्टर विरोधी तथा मुस्लिम समुदायका ममदानी उम्मेदवार हुने छन्।

सबै विषय फरफारक हुने गरी काम गर्न आयोगलाई द्वन्द्वपीडितको आग्रह

द्वन्द्वपीडितले दुई पटक आयोगका पदाधिकारी फेरिँदा पनि न्यायमा ढिलाइ भएको र आयोग राज्यको स्रोत दोहन गर्ने तथा कार्यकर्तालाई रोजगारी दिने माध्यम मात्र बनेको आरोप लगाएका छन्।

नेपालीलाई भारतमा बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

भारतको उत्तराखण्डमा नेपालीलाई बन्धक बनाएर राख्ने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीमा बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन

नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल दुई वटा कुकुरसहित सात जनाको टोली परिचालन गरेको छ।

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन् भने भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताएका छन्।

ब्रान्ड बन्यो गुल्मीको ‘थोर्गेली गुड’

रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गास्थित गुड प्रशोधन केन्द्रले हालसम्म करिब २४ लाख ६० हजार रुपैयाँ बराबरको नौ हजार ७०० किलोभन्दा बढी गुड बेचिसकेको छ। 

नुवाकोटको ककनीमा बाढीले बगाएर १ जना बेपत्ता

ककनी गाउँपालिका-१ कागतीगाँउस्थित कोल्पु खोलामा शुक्रबार बिहान आएको बाढीले बगाएर ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन्।

रित्ता कक्षाकोठा रुँगेर बस्छन् म्याग्दीका सामुदायिक विद्यालयका शिक्षक

सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बर्सेनि घट्दो छ।

सुदूरपश्चिममा बाह्रै महिना देखिन थाल्यो डेंगी संक्रमण

डेंगी संक्रमण चुनौतीका रूपमा देखापरेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। सन् २०२५ जनवरीयता सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी संक्रमण देखिएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

अमेरिकी अर्थतन्त्र : पहिलो त्रैमासमा अपेक्षाभन्दा बढी गिरावट

अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासमा ०.५ प्रतिशतले संकुचित भएको छ।

पोखरा-जोमसोम हवाई उडान २ महिनाका लागि बन्द

वर्षायाम लागेसँगै हवाई यात्रु कमी र मौसम प्रतिकूलताका कारण निजी वायुसेवा कम्पनीले दुई महिनाका लागि पोखरा-जोमसोम हवाई उडान स्थगित गर्ने निर्णय गरेका छन्।