AnonymousUser

Logout

प्रतिनिधिसभामा मन्त्रीका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदले मन्त्रीहरूमाथि लागेको घुसको आरोपको जवाफ दिन र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मौद्रिक नीतिपछि पुँजी बजारमा सुधार, नेप्से परिसूचक २९ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० बिन्दुमा कायम भएको छ भने ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

असार सकिन लाग्दा पनि तराईमा पर्याप्त वर्षा नभएर रोपाइँ हुन नसकेपछि सांसदहरूले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहतका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान, क्षतिको विवरण संकलन हुँदै

ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुंगा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन्।

अमेरिकी कर नीतिका कारण नयाँ तरंग

ट्रम्पले क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत व्यापारिक साझेदारलाई पत्र पठाउँदै २० देखि ५० प्रतिशतसम्मको ट्यारिफ दर घोषणा गरेका थिए।

इजरायलमा सधैँ युद्धको जोखिम, तर फर्कन चाहँदैनन् नेपाली

इजरायल–इरानबीचको युद्ध रोकिए पनि पूर्णरूपमा जोखिम टरेको छैन। छिमेकी देशसँग इजरायलको शत्रुतापूर्ण सम्बन्ध भएकाले युद्ध कहिले भड्कन्छ थाहा हुन्न। तर त्यहाँका नेपाली युद्धकै अवस्थामा पनि फर्कन चाहँदैनन्।

छाउगोठमा सुतिरहेकी महिलाको सर्पको टोकाइबाट मृत्यु

कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंलाई महिनावारी भएको समयमा आँगन छेउमा रहेको गोठमा सुतिरहेको बेला सर्पले टोकेको थियो ।

जन्तेढुंगा गाउँपालिकाद्वारा ६१ रोपनीमा आलुखेती, बिक्री गर्न सुपथ मूल्यको पसल 

स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको मूल्य प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरेको छ। आलु बिक्रीका लागि असार १८ गतेदेखि सुपथ मूल्यको पसल सञ्चालनमा लाइएको छ।

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेका बेतना सिमसारमा दुईवटा पोखरी छन्। दुवै पोखरी सुक्न थालेपछि पोखरीमा रहेका माछासमेत धमाधम मर्न थालेका हुन्।

कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको पूर्वानुमान

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

शनिबार साँझ नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा उनको निधन भएको हो। 

लोघेकर दामोदरकुण्डमा परम्परागत घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत ढुंगा र माटोले बनेका घरहरूको मौलिकता जोगाउन अब भित्ता सेतो तथा छत, झ्याल र ढोका कालो हुनुपर्ने मापदण्ड तोकेको छ।

बाढी र पहिरोले ५ राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध भएका छन् भने केही स्थानमा यातायात आंशिक रूपमा मात्र सञ्चालनमा आएका छन्।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

चन्द्रागिरिका वडा नं १, २ र ३ अव्यवस्थित विकास निर्माणका कारण यस वर्ष पनि पहिरोको उच्च जोखिममा छन्।

मधेश प्रदेशसभा बैठक अवरुद्ध, बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखेपछि विवाद

मधेश प्रदेशसभाको बैठक बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम राखिएको भन्दै प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ।

के छ एयर इन्डिया विमान दुर्घटनाबारेको प्रारम्भिक प्रतिवेदनमा?

एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले उडानकै क्रममा दुवै इन्जिनको इन्धन आपूर्ति बन्द भएको खुलासा गरेको छ।

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको भन्दै टानले चीन सरकारसँग कूटनीतिक पहल गरी अन्य नाकाबाट यात्रा सहज बनाउन माग गरेको छ।

‘नेपालगन्ज नाइट रन’ले पायो अन्तर्राष्ट्रिय मान्यता, एम्समा आबद्ध

नेपालको एक मात्र रात्रिकालीन दौड ‘नेपालगन्ज नाइट रन’ एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एन्ड डिस्टेन्स रेसमा औपचारिक रूपमा आबद्ध भएको छ।

सिमलताल दुर्घटनाको एक वर्ष: भेटिएनन् ३९ यात्रु

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो। बाँकी बेपत्ता छन्।

टिमुरे भन्सारमा गाडीको बिजोग [तस्वीरहरू]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।