AnonymousUser

Logout

‘कोरम’ नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित

पच्चिस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम संख्या नपुगेपछि बैठक स्थगित भएको हो।

दक्षिण कोरियाली विमानमा आगलागी, १७६ यात्रुको सकुशल उद्धार

उद्धारका क्रममा तीन जना सामान्य घाइते भएको राष्ट्रिय अग्नि नियन्त्रण निकायले जनाएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन। 

राष्ट्रिय योजना आयोगले माग्यो अनुदान कार्यक्रमको प्रस्ताव

प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको छ।

भारतको प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु 

धेरै व्यक्तिहरूको भिडमा कुल्चिएर ज्यान गएको बताइएको छ। भारतीय अधिकारीहरूले हाताहातको संख्या पुष्टि गरेका छैनन्। 

सिरहामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु   

चोहर्वाबाट लहानतर्फ जाँदै गरेको ट्याक्टर पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–१० स्थित धनगढी चोकमा दुर्घटना भएको हो। 

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, रासायनिक मलको प्रयोग, जलप्रदूषण, पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्नेलगायत कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ।

शहीद दिवस मनाइँदै, देशभर विभिन्न कार्यक्रम

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। शहीदलाई यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ।

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ। 

पाथीभरामा केबलकार निर्माण विवाद: घाइतेको उपचार सरकारले गर्ने, असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान

गृह मन्त्रालयले पाथीभरामा केबलकार निर्माण विवादलाई शान्तिपूर्ण ढंगले निष्कर्षमा पुर्‍याउन अनुरोध गरिएको छ भने कोशी प्रदेश सरकारले असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसद्‍मा दर्ता

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरिएको छ। 

फुटपाथ र सडक व्यवसायीलाई घरभाडा तिर्नै समस्या

बेलाबेला नगर प्रहरीले सामान जफत गर्ने, कमजोर व्यावसायिक वातावरण र आधारभूत सेवाको अभावले गर्दा सडक तथा फुटपाथ व्यवसायीहरूलाई थप मर्का पर्ने गरेको एक अध्ययनले देखाएको छ।

आउँदाआउँदै किन विवादित बन्यो सामाजिक सञ्जाल विधेयक? 

सामाजिक सञ्जाल नियमन गर्ने भन्दै संसद्मा दर्ता गराएको विधेयकमार्फत् सरकारले नागरिकको बोली बन्द गर्न खोजेको भनेर चर्को विरोध भइरहेको छ। के छन् विधेयकमा प्रस्तावित व्यवस्था? 

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‍मा दर्ता, अनुमति नलिई प्लेटफर्म चलाए २५ लाखसम्म जरिबानाको व्यवस्था

साइबर बुलिङ गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्थासमेत विधेयकमा राखिएको छ।

भारत–चीन जोड्ने रणनीतिक महाकाली करिडोरः शुरू त भयो, डेढ दशकमा ट्र्याकसम्म खुलेन 

भारत र चीनबीचको त्रिदेशीय नाका बनाउने लक्ष्यसहित शुरू महाकाली करिडोरमा बजेट विनियोजन र निर्माणको गति यस्तै रहे अहिले आकलन गरिएका अवसर नै गुम्न सक्छन्।

हात्ती आतंक: दिगो समाधानको प्रतीक्षामा रौतहटका किसान

हरेक वर्ष धान पाक्ने बेला आउने जंगली हात्तीको झुन्ड धान काटिसकेपछि जाने गरेको थियो, तर यसपालि अहिलेसम्म फर्केन नजाँदा स्थानीय असुरक्षित महसुस गरिरहेको छन्।

नेप्से परिसूचक २४ अंकले बढ्यो, ९ अर्ब ४० करोडको कारोबार

मंगलबार नेप्से २४.५० अंकले वृद्धि भई २६५७.७७ को बिन्दुमा कायम भएको छ।

अध्यादेश ‘फास्ट ट्र्याक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

संसद्को हिउँदे अधिवेशनमा सरकारले हालै जारी अध्यादेश ‘फास्ट ट्र्याक’बाट पारित गर्ने निर्णय गरेको छ।

भारतीय धार्मिक समारोहमा काठको संरचना भत्किँदा ५ जनाको मृत्यु, ४० घाइते

उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको संरचना भत्किँदा पाँच भक्तजनको मृत्यु भएको भएको छ भने ४० जना घाइते भएका छन्।

सरकारले तोक्यो निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता

निजी मेडिकल कलेजले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवं प्रचलित श्रमसम्बन्धी कानूनबमोजिम मर्यादित सेवासुविधा उपलब्ध गराउनुपर्ने निर्णयमा उल्लेख छ।

रवि लामिछानेको धरौटी बदरको निवेदनमा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन

पूर्वगृहमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतले तोकेको धरौटी बदर माग गर्दै दायर निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।