प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ।
बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स्वतन्त्र व्यापार सम्झौताको यस विस्तारित संस्करणले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्ने अपेक्षा छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममै औषधि सिफारिस गर्न चिकित्सकहरूलाई निर्देशन दिएसँगै औषधिको गुणस्तरको प्रश्नसमेत पेचिलो बनेको छ।
मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा झारिएको छ।
हिउँ परेपछि मनासलु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्। लार्केपासमा गएका पर्यटक सामागाउँ र साम्दोमै रोकिएका छन्।
माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ। माछाको औसत तौल र संख्या दुवै घट्दो क्रममा छ।
रामेछापको मन्थलीबाट काँकडभिट्टा गइरहेको रात्रिबस मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको माईधारमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिएको थियो।
अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्।
गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।
सावित्राको दुई गोलमा भारतलाई २–१ ले पराजित गर्दै नेपालले थ्री नेसन्स कपको सुखद अन्त्य गरेको छ।
उच्च हिमाली क्षेत्रका पदमार्गमा बुधबारसम्म यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय, मुस्ताङले आग्रह गरेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार रहेको बताएका छन्।
महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा घुसपैठ गरी उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीका संलग्नहरूमाथि छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ।
‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशमा ५७३ दुईपांग्रे र १३५ चारपांग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ।
काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ।
मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ।
“धवलागिरिको केन्द्र मुनासहित पाँच वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ”, धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भने, “पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण शुरू भएको छैन।”
महाशाखाले हिमपात र वर्षाले दैनिक जीवनसहित पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पार्ने भएकाले सर्वसाधारण एवं सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ।