कारागार व्यवस्थापन विभागका अनुसार, ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब पाँच हजार बन्दी अझै फरार छन्।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।
रिमोट, भित्तेघडी, पेन टर्च, क्यामरा, इन्भर्टरजस्ता वस्तुमा प्रयोग हुने ब्याट्री फोहरमा मिसिएर वातावरणमा पुगेकै थियो, अब ईभीको प्रयोग बढिरहँदा दशकपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने भएको छ।
आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चीनले यस क्षेत्रमा आफ्नो दाबी गरिरहँदा अमेरिकाले पनि आफ्नो नौसेना युद्धपोत र विमान वाहकहरू पठाएर त्यहाँ चीनलाई चुनौती दिइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
दुई प्रतिस्पर्धी टोलीबीचको खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकालेको हो।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको आणविक–शक्ति सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’को अन्तिम परीक्षण सफल भएको औपचारिक घोषणा गरेका छन्।
न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार लिखित जवाफ माग गर्दै कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेशी तोकेको छ।
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।
संगठित रूपमा मानव बेचबिखन तथा ओसारपसार गरी भारत पुर्याएर अवैध रूपमा मिर्गौला झिक्ने कसुरमा संलग्न ६ जना अभियुक्तलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।
सीटीभीएस तथा न्युरो सर्जनको अभाव जेन–जी आन्दोलनले फेरि उजार गरेको छ। विशेषज्ञ सर्जन नहुँदा देशकै ठूला अस्पताल पुगेपछि पनि समयमै उपचार नपाएर कतिपय घाइतेको ज्यान गयो।
इसिमोडको अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ।
आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ।
ढाकामा आइतबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ बिन्दुमा कायम भएको छ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
कात्तिक १ देखि ८ गतेसम्म २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्यांकर तथा अटो रिक्सालगायत ६ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ।