AnonymousUser

Logout

अलपत्र पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी परिचालन

हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।

भिजिट भिसामा नयाँ मापदण्ड लागू, अब यी ४ कागजात भए पुग्ने

अध्यागमन विभागले भिसासम्बन्धी ६ बुँदे प्रावधान खारेज गरी मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ।

अक्टोपस झरनामा पानीको बहाव बढेपछि बेँसीसहर–चामे सडक अवरुद्ध

मर्स्याङ्दी गाउँपालिका-४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढेको तथा जगत नजिकका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा खसिरहेकाले बेँसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

निरन्तरको वर्षाले धानबाली खेतमै कुहिन थालेपछि किसान चिन्तित

धान भित्र्याउने मुख्य याममा भएको निरन्तरको वर्षाका कारण नकाटिएको धान पनि ढलेकाले किसानहरूमा थप चिन्ता बढेको छ।

मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

मोन्था चक्रवातको असर अहिले मधेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।

जोमसोम–कोरला सडकमा पहिरो, यातायात ठप्प

जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो सुन

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिनिधिसभा नहुँदा गुमनाम राष्ट्रियसभा

प्रतिनिधिसभा विघटनपछि संसद् अधिवेशन अन्त्य गरिए पनि राष्ट्रियसभा अन्तर्गतका समितिले सरकारका कारबाहीबारे छलफल र निगरानी गर्न सक्छन्। तर ती समिति प्रभावहीन हुँदा राष्ट्रियसभामाथि प्रश्न उठ्न थालेको छ।

मेची राजमार्गको इलाम–राजदुवाली खण्ड अवरुद्ध

मेची राजमार्गको वैकल्पिक सडकका रूपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ।

बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो, यातायात अवरुद्ध

पानी निरन्तर परिरहेकाले अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ।

विश्व शहरीकरण दिवस मनाइँदै

आवास संकटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त शहर निर्माणमा विश्वस्तरीय सहकार्य प्रवर्द्धनका लागि दिवस मनाउने गरिएको छ।

अस्ट्रेलियालाई हराउँदै भारत महिला विश्वकप क्रिकेटको फाइनलमा

भारतको जितमा जेमिमा रोड्रिग्स १२७ रनमा अविजित रहिन्। कप्तान हरमनप्रीत कौरले ८९ रन बनाइन्।

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ।

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजीवन प्रभावित

हिमाली जिल्ला मुस्ताङमा निरन्तरको वर्षाले जनजीवन प्रभावित बनेको छ।

बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानबाट २ अर्ब ६० करोड अनुदान सहयोग

जापान सरकारले बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतका लागि २ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ।

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर पुगेका एक इटालियन नागरिक प्रतिकूल मौसम र हिमपातका कारण अलपत्र परेका छन्।

आईसीसी विश्वकप लिग-२ मा नेपाल यूएईसँग ५ विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारको खेलमा नेपाल घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको छ।

प्रहरीको आत्मसमर्पण शैलीः हतियार किन छाडियो?

उपत्यका प्रहरी कार्यालयबाट थुनुवा छोड्न, आफूसँग भएका हतियार, सञ्चार सेट र गाडी सुरक्षित राखेर आफूसमेत सुरक्षित हुन रेडियो सेटबाट आदेश आएको केही घन्टामै प्रहरीले स्वचालित हतियारसमेत जोगाउन सकेन।

लुभ्र संगहालय चोरी: मुख्य अभियुक्तसहित ५ नयाँ सन्दिग्ध पक्राउ

फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा यसै महिनाको चर्चित गहना चोरीमा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ।