तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।
तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले घटेको हो।
मौजुदा मन्त्रिपरिषद्मा ४ जना नयाँ मन्त्री थपिने भएका छन्। उनीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
एक हप्ता लामो एशिया भ्रमणका दाैरान ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गर्नेछन्। उनको यस भ्रमणलाई धेरै देशले चासोका साथ हेरिरहेका छन्।
धार्मिक रूपमा पनि ऐतिहासिक महत्त्व बोकेको नदैगुफाबाट अग्ला-अग्ला हिमाल नियाल्न सकिन्छ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई शृंखलाको पहिलो खेलमा आज नेपालले बलियो टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको प्राधिकरणले जनाएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
इजरायल–हमास युद्धमा हमासद्वारा अपहरणपश्चात् ज्यान गुमाएका विपिन जोशीको सम्झनामा 'विपिन चोक' नामकरण गरिएको छ।
अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ। हाल जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केरा किन्ने ग्राहकको भीड लागेको छ।
अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स अनिवार्य गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरंग सिर्जना गरेको छ।
मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयले आन्दोलनका कार्यक्रमले देशमा अस्थिरता निम्त्याउन खोज्ने ‘स्वार्थ समूह’लाई घुसपैठ गर्ने मौका दिई अशान्ति एवं अराजकता बढाउन सक्ने भन्दै आयोजकलाई सचेत गराएको छ।
असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको छ।
यो कथा नेपाली क्रिकेटको मात्र होइन, पुबुदु दासानायकेको मात्र पनि होइन र अमेरिकी क्रिकेटको मात्र त हुँदै होइन। तर यी तीनै पक्षको कथा हो, जसलाई पुबुदुले नै जोडेका छन्।
लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने गृहमन्त्री अर्यालको भनाइ छ।
थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा वजिरालङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ।
एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्यमा नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाइएको छ।
हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पर्वतको जलजला गाउँपालिका–२ ओखरबोटका लालबहादुरले आफ्नो १००औँ जन्मदिन आँगनमै जनप्रतिनिधहरू र छिमेकीसँग मनाए। त्यस क्रममा उनले जीवन भोगाइका अनुभव पनि सुनाए।