टेलिकमको घट्दो आम्दानीको असर नाफामा देखिएको छ। नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको असर परेको छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिएका छन्।
बुधबार दुबईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँग चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो।
एक्सक्लुसिभ
देवी भट्टचनको कम्पनी ‘प्रभु यूएस’ले तिर्नुपर्ने ४८ लाख डलर अमेरिकाबाट नपठाउँदा उनै पूर्वअध्यक्ष रहेको प्रभु बैंक मारमा छ। भट्टचन र बैंकका सीईओ शेरचनको मिलेमतोमा भइरहेको यो बेथितिमा राष्ट्रबैंक माैन छ।
शिक्षक महासंघ सिन्धुपाल्चोक इन्द्रावती पालिका कार्यसमितिले व्यवस्थापन समितिको बैठकमा अध्यक्षले प्रधानाध्यापकलाई कुटपिट गरेको जनाएको छ।
सम्मेलनले पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजकमा माधव नेपाललाई चयन गरेको छ। झलनाथ खनाललाई तेस्रो वरीयता दिइएको छ।
विभागले गत भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण उपलब्ध गराउन भनेको छ।
अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयरबजार परिसूचक नेप्से बुधबार भने बढेको छ।
भारतमा रेल मार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन्।
नेवानिका बोर्ड अध्यक्ष विक्रम राईले शपथ लिएसँगै पैसा नतिरि बिजनेस क्लासमा अपग्रेड गराउने चलनमाथि रोक लगाउन निमित्त महाप्रबन्धक र व्यवस्थापकलाई निर्देशन दिएका छन्।
सीमा सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सरोकार पनि बिहारसँग गहिरो रूपमा जोडिने भएकोले त्यहाँको चुनाव र राजनीतिक परिवर्तनले नेपालका लागि अर्थ राख्दै आएको विश्लेषक बताउँछन्।
३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढीको इतिहासमा न्युयोर्क शहरका सबैभन्दा कान्छो तथा पहिलो मुस्लिम मेयर बन्न सफल भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन्।
च्याम्पियन्स लिग
च्याम्पियन्स लिगकै अर्को खेलमा बायर्न म्युनिकले साबिक विजेता पेरिस सेन्ट जर्मेनलाई २–१ ले हरायो।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
माथिल्लो मुस्ताङस्थित ६ हजार २१३ मिटर उचाइको 'छुआमा' हिमालको पहिलो सफल आरोहण भएको छ।
कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेश गरेका छन्।
प्रहरी प्रधान कार्यालयले डीआईजी अबि नारायण काफ्लेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ।
मलेसियाले वैदेशिक रोजगारका सन्दर्भमा म्यानपावर कम्पनीलाई निर्धारण गरेको १० बुँदे मापदण्ड लागू गर्न नसकिने जनाउँदै नेपाल सरकारले कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पत्राचार गरेको छ।