अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा कात्तिक २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
एनपीएलको पहिलो सिजनको ‘ब्लकबस्टर’ सफलतालाई प्रतियोगिता सकिएसँगै क्रमशः उजागर त्यसभित्रका अपारदर्शी खेलले खल्लो बनाए। दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि त्यस्तै खेल दोहोरिँदै गरेका तथ्य बाहिर आउँदै छन्।
राष्ट्रपति लीका अनुसार आगामी वर्षको एआई बजेटमध्ये २६ खर्ब वोन उद्योग, दैनन्दिन जीवन र सार्वजनिक क्षेत्रमा एआई प्रविधिको विस्तारमा खर्च गरिनेछ भने ७५ खर्ब वोन प्रतिभा विकास र पूर्वाधार निर्माणमा लगानी हुनेछ।
भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरे।
मंगलबार नेप्से परिसूचक २७.६४ अंक अर्थात् १.०५ प्रतिशतले घटेर २५९५.२४ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग टोलीले गरेको अनुगमनका क्रममा सरसफाइमा लापरबाही गरेको पाइएपछि ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ।
दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परी घाइते भएको पाँच जनाको उद्धार गरिएको छ भने अन्य सात जना बेपत्ता भएका छन्।
राम्रो मूल्य पाउने आशमा अन्य कृषि बाली छोडेर अदुवा रोपेका दाङका किसान निराश छन्। मूल्य घटेका कारण उनीहरूले अदुवा खनेकै छैनन्।
पेरुले आफ्नो सार्वभौम अधिकारको सम्मान गर्न पटक–पटक आग्रह गर्दा पनि मेक्सिकोले आफ्नो गैरकूटनीतिक व्यवहार परिवर्तन नगरेको आरोप लगाएको छ।
१६ वर्ष पुगेसँगै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाइन्छ। तर निर्वाचन आयोगले १८ वर्ष पुगेका मतदाताको मात्र अन्तिम नामावली प्रकाशित गर्छ। कसरी हुन्छ नाम दर्ता?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
पोखरा जोड्ने मुख्य सडकमा खाल्डाखुल्डीका कारण यात्रु र चालकलाई सास्ती भएको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।
बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्याएको छ।
अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र परेको छ। पुल बन्ने आशमा रहेका स्थानीय निराश छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नारायणगढ–बुटवल सडक विस्तारको काम शुरू भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ।
जेनजी प्रदर्शनका क्रममा फरार भएका १६५ बन्दी नफर्किएकाले २० बालबन्दीले जान पाउनुपर्ने माग गर्दै आइतबार दिउँसो बाल सुधारगृहभित्र विद्रोह गरी गेट फुटाएर भागेका थिए।
पूर्वी समरका गभर्नरका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय शहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्रहरू, बलियो कंक्रिट घर वा सामुदायिक भवनहरूमा सारिएको छ।
मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा परेकी एक विदेशी महिला पर्यटकलाई चार दिनसम्म पनि फेला पर्न सकिएको छैनन्।
सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।