AnonymousUser

Logout

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।

काभा भलिबलमा नेपालको जित

बांग्लादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

विवादै विवाद, उन्मुक्ति नै उन्मुक्ति

सुशासन र  भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि नयाँ सरकारले आकार लिइरहेको बेला नेवानिका कार्यकारी अध्यक्ष भने 'अशुली धन्दा' चलाइरहेका थिए। अवकाशको समय आए पनि अझै उनी कार्यकाल लम्ब्याउने कसरतमा छन्।

नहरमा डुबेर ३ बालिकाको मृत्यु

कैलालीको कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

केही दिनअघि राजस्थान राज्यमा पनि यात्रु बसमा सर्ट सर्किटका कारण आगो लागेको थियो र कम्तीमा २० जनाको मृत्यु भएको थियो।

१५ नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ।

नेपाली महिला फुटबल टोली आज इरानसँग खेल्दै

इरानले उद्घाटन खेलमा भारतलाई पराजित गरिसकेको छ। नेपाल भने इरानविरुद्ध पहिलो खेल खेल्दैछ।

कोशी पर्यटन वर्षमा पहाड घुम्दै भारतीय पर्यटक

सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ। कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ।

हुम्लामा ३३५ मेगावाटको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने

आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्।

सेलको न्युक्लियस नियन्त्रण गर्ने आणविक ‘पासपोर्ट’को खोज

एनपीसीहरू कसरी एकैसाथ छिटो र अत्यन्त छनोटयुक्त हुन सक्छन् भन्नेबारे दशकौँदेखि वैज्ञानिकहरू बुझ्न असफल थिए।

भारतमा ‘जीएसटी स्ल्याब’ फेरिँदा नेपालमा कस्तो असर पर्छ?

महँगीबाट राहत दिने उद्देश्यले भारतको संघीय सरकारले लागू गरेको करको नयाँ दायराले त्यहाँ दैनिक उपभोग्य र अन्य वस्तुको मूल्य घट्दा नेपालमा हुनसक्ने चोरीपैठारी र अन्य प्रभावबारे प्रश्न उठ्न थालेको छ।

पेस्तोलसहित एकजना पक्राउ

मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले ती व्यक्तिको साथबाट नगद चार लाखसहित पेस्तोल बरामद गरेको हो।

रुपन्देहीमा मूर्ति विसर्जनमा गएका तीनजनाको डुबेर मृत्यु

मायादेवी गाउँपालिका-१ स्थित गाउँमै मंगलबार भएको दुर्गलक्ष्मी पूजाको मूर्ति विसर्जनमा गएका दुई बालकसहित ३ जनाको बुधबार मृत्यु भएपछि ठूलो दुवियाटोलमा अहिले शोक छाएको छ।

नेपाली महिला फुटबल टोली भारतमा, तीन वटा अन्तर्राष्ट्रिय खेल खेल्ने

नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र भारतसँगको एउटा मैत्रीपूर्ण खेल गरी भोलिदेखि एक सातामा तीनवटा अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

आज भाइटीका, मिथिला क्षेत्रमा पनि भैयादुज मनाइँदै

यस वर्ष तिथि वृद्धि भई छैटौं दिनमा भाइटीका परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहे पनि आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

थाइल्यान्डकी पूर्वप्रधानमन्त्री पेटोङटार्नले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

उनको यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

मधेश केन्द्रित दलः एकताभन्दा फुटको लामो इतिहास

गजेन्द्रनारायण सिंहले २०४७ सालमा सद्भावना पार्टी स्थापना गरेर मधेश केन्द्रित राजनीति अघि बढाए, तर टुटफुटले सद्भावनासहित मधेश केन्द्रित दल छिन्नभिन्न भइरहे। त्यसको पछिल्लो उदाहरण बनेको छ जनमत पार्टी।

शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन्।

मार्ग खुलेको १२ वर्षपछि सञ्चालनमा

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाटदेखि मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा ट्र्याक खुलेको थियो।

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियालक्षित क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले पाँच महिनापछि पुन: दक्षिण कोरियाको भूमि लक्षित गरेर ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। तर केहीबाहेक ती क्षेप्यास्त्र कहाँ खसे भन्ने यकिन हुन सकेको छैन।