आजदेखि सेवानिवृत्त भएका आईजीपी खापुङलाई विदेश जान रोक

साथै, खापुङले काठमाडाैँ उपत्यका छाड्न पनि आयोगको स्वीकृति लिनुपर्नेछ।

काठमाडाैँ– आजदेखि सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई देश छाड्न रोक लगाइएको छ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको बिहीबारको बैठकले निवर्तमान खापुङलाई आजैदेखि लागू हुने गरी विदेश जान रोक लगाउने निर्णय गरेको हो। साथै, आयोगको स्वीकृति बेगर काठमाडाैँ उपत्यका पनि छाड्न नपाउने निर्णय भएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै, आन्दोलनका भएको कसैको क्षतिको विवरण पठाउन बाँकी भए आयोगको इमेल ठेगाना [email protected] र आयोगको कार्यालय सिंहदरबारलाई नै उपलब्ध गराइदिन पनि आयोगले अनुरोध गरेको छ।