AnonymousUser

Logout

तुइन विस्थापन योजना सुस्त, ४९ वटा झोलुंगे पुल अलपत्र

सरकारले नागरिकको सहज आवतजावतका लागि करोडौँको बजेट खर्चेर तुइन विस्थापन कार्यक्रम अघि बढाए पनि देशका विभिन्न स्थानमा निर्माण शुरू गरिएका ४९ वटा झोलुंगे पुल अझै अलपत्र अवस्थामा रहेका छन्।

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

होल्डिङ सेन्टरका नागरिकलाई पुनर्स्थापना गर्न सांसदको माग

सांसदहरूले होल्डिङ सेन्टरमा रहेका नागरिकलाई उचित व्यवस्थापनसहित तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन्।

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोक्ने, विद्युत् प्रसारण लाइनको प्रत्युत्तरपत्र स्वीकृतिका साथै सहकारीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नेसहित निर्णय गरेको छ।

सडक असहज बन्दा प्रदेश अस्पताल जाने सेवाग्राही मर्कामा

मुस्ताङको एकमात्र प्रदेश अस्पताल जोड्ने सडक कालीगण्डकी करिडोर आयोजनाले खार्ने क्रममा बिगारेपछि एम्बुलेन्ससहितका सवारीसाधन ठप्प भई सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।

पश्चिम बंगालमा होल्डिङ सेन्टरको निर्देशनसँगै चिन्तामा अल्पसंख्यक समुदाय

पश्चिम बंगालमा कागजातविहीन बांग्लादेशी र रोहिङ्ग्यालाई लक्षित गरी ‘होल्डिङ सेन्टर’ बनाउने सरकारी निर्देशनले मुस्लिम समुदायबीच मनमानी निष्कासन र मानव अधिकार उल्लंघनको त्रास पैदा गरेको छ।

बढ्यो सुनको मूल्य

सुनको मूल्य सोमबार तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ।

आज यी प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हुम्ला–बाजुरा सीमा विवाद : छानबिन गर्न एसएसपीको नेतृत्वमा टोली गठन

गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न एसएसपीको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।

लहडी योजना कसरी बन्छन्? पोखराको प्राणी उद्यान हेरे पुग्छ

योजना बनाउने तर कार्यान्वयनमा लापरबाही गर्ने सरकारी प्रवृत्ति र त्यसका गम्भीर असर बुझ्ने दृष्टान्त पोखराको पचभैया प्राणी उद्यान हो जहाँ संरक्षण गरिनुपर्ने वन्यजन्तु असुरक्षित बनिरहेछन्।

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी पाइपलाइनमा साढे ६ करोडभन्दा बढीको क्षति

सरकारी निकायहरूबीच आपसी समन्वयबिना काम गर्दा काठमाडौँ उपत्यकामा बिछ्याइएको खानेपानीको पाइपलाइनमा ६ करोड ५९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको र सो रकम अझै असुल हुन नसकेको महालेखापरीक्षकले औँल्याएको छ।

इरानसँग सम्झौताको तयारीमा अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसियल'मार्फत अमेरिका, इरान र अन्य देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया निकै नजिक पुगेको दाबी गरेका छन्।

एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोली घोषणा

आगामी मे ३१ देखि सिंगापुरमा हुने 'मेन्स एसियन गेम्स क्वालिफायर २०२६' का लागि क्यानले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।

अमेरिकाको ह्वाइट हाउस नजिकै गोली चल्दा १ जनाको मृत्यु

एक महिनाअघि पनि ह्वाइट हाउसमा ट्रम्प सहभागी रहेको संवाददाताहरूको रात्रिभोज कार्यक्रममा गोलीबारी भएको थियो।

यस्तो छ आजको माैसम पूर्वानुमान

मधेश र कोशी प्रदेशको तराई  भू–भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुरको कान्तिलोकपथमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

पूर्वी र मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोपका कारण अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ग्रीन कार्ड धारकसहित केही मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको छ।

गर्मीले तराई क्षेत्रमा जनजीवन प्रभावित

जेठको पहिलो सातादेखि बाँकेसहित तराईका जिल्लामा तापक्रम वृद्धि भई जनजीवन प्रभावित भइरहेका बेला न्यून भोल्टेजका कारण विद्युत् आपूर्तिमा समेत स्थानीयले सास्ती खेप्नुपरेको छ।

आजको मौसम : गण्डकी र कोशीमा भारी वर्षा हुन सक्ने

पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु

महोत्तरीका छुट्टाछुट्टै दुई स्थानमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको ज्यान गएको छ।