नेप्से परिसूचकमा झिनो वृद्धि

धितोपत्र बजारमा नेप्से परिसूचक १.६३ अंकले बढेर २,७०२.११ को विन्दुमा पुग्दा कुल ३५३ कम्पनीको साढे ४ अर्बभन्दा बढीको शेयर खरिद-बिक्री भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.६३ अंकले उकालो लागेर २,७०२.११ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले उकालो लागेर ४६३.९८ मा पुगेको छ।

कारोबार भएका आधारमा कूल ११६ कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएको छ। यस्तै, १४० कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

कूल ३५३ कम्पनीको एक करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर रु ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ मूल्यमा खरिद-बिक्री भएका छन्।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८८/८७ शीर्ष स्थानमा छ। यस्तै, ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८४/८ ५, सोपान फर्मास्युटिकल्स, आँखु खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार अपोलो हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स र गुराँस लघुवित्तका शेयरधनीहरूले कमाएका छन्।

यस्तै, बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिबेन्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले भने गुमाए।