AnonymousUser

Logout

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ।

वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोडिए

सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार समयमा काम नगरी आयोजना अलपत्र पारेका कर्णाली राजमार्गअन्तर्गत कालिकोट, जुम्ला र मुगुका १६ वटा रुग्ण ठेक्का एकसाथ रद्द गरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरू गरेको छ।

भेनेजुएला भूकम्प: ९२० जनाको मृत्यु, ५० हजारभन्दा बढी बेपत्ता‍

भेनेजुएलामा गत बुधबार गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्।

गठनको ६ वर्षपछि तयार भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको मस्यौदा

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन भएको ६ वर्षपछि स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार भई स्वीकृतिका लागि कानून मन्त्रालय पठाउने तयारी गरिएको छ।

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजस्व संकलन, पुँजीगत खर्च करिब ३५ प्रतिशत

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष  सकिन १९ दिन बाँकी रहँदा सरकारको राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ भने विकास खर्च (पुँजीगत) जम्मा ३४.८७ प्रतिशतमा सीमित भएको छ।

पूर्वदेखि पश्चिमतर्फ मनसुन विस्तार हुँदै, कोशीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ।

बसाइँसराइले गाउँ रित्तिँदै, किसानलाई गोरुको सट्टा अनुदानमा कृषि औजार

बसाइँसराइ र श्रम अभावका कारण परम्परागत खेती प्रणाली संकटमा परेपछि मुसिकोट नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गरेको छ।

बोरिङको भरमा रोपिएको धान सुक्न थालेपछि किसान चिन्तामा

असार मध्य भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कैलालीमा भूमिगत पानीको सतह घट्न गई बोरिङबाट रोपिएका धानका बिरुवा खेतमै सुक्न थालेका छन्।

उकालोकर्मी सागर बुढाथोकी ‘रोटरी जर्नो अवार्ड २०२६’ बाट पुरस्कृत

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले यस वर्षको 'रोटरी जर्नो अवार्ड २०२६' अन्तर्गत मातृ तथा बाल स्वास्थ्य विधाको पुरस्कार उकालोकर्मी सागर बुढाथोकीलाई प्रदान गरेको छ।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट, करिब चार अर्बको कारोबार

नेप्से परिसूचक शुक्रबार झिनो अंकले ओरालो लागेर २६४९.५१ को विन्दुमा बन्द भएको छ।

उपत्यकामा बर्डफ्लु संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ।

सूनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँ बढेर दुई लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

मनसुनको प्रभाव पूर्वी नेपालमा, तराईमा तातो लहर कायमै

देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

सरकारी आश्वासनपछि चिया उद्योग खुले

चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग पुनः सञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कञ्चनपुर प्रशासनले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएको भन्दै नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।

स्ट्रेट अफ हर्मुजमा​​​​​​​ बिनाअनुमति आवतजावत गर्ने जहाजलाई कारबाही गर्ने इरानको चेतावनी

इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुजमा अनुमतिबिना गरिने कुनै पनि व्यावसायिक वा सैन्य जहाजको आवतजावतविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ।

नेप्से परिसूचक २६५१ को विन्दुमा

बिहीबार नेप्से परिसूचक ८.५० अंकले ओरालो लागेर २६५१.५२ को विन्दुमा सीमित भएको छ।

देशलाई गौरवको आयोजना, आदिवासीलाई थातथलोबाटै लखेटिने भय

राष्ट्रिय गौरवको आयोजना, तनहुँ जलविद्युत् आयोजनाले ऊर्जा उत्पादनको लक्ष्य पछ्याइरहँदा प्रभावित आदिवासी समुदाय भने भूमि, संस्कृति र थातथलो गुम्ने त्रासमा छन्।

चक्रपथमा स्मार्ट बत्ती जडान गर्दै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले चक्रपथ खण्डको सौन्दर्य बढाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न १३ करोडको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडान कार्यलाई तीव्र पारेको छ।

सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

बर्जु गाउँपालिका–६ नरहचोकमा सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ।