भेनेजुएलामा गत बुधबार गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्।
भेनेजुएलामा आएका दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ। सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन्।
काराकासका बासिन्दाहरूले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन्। संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भने, “गत बुधबार साँझ १ मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजारभन्दा बढी मानिस बेपत्ता छन्। यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवनहरू ध्वस्त पारेका छन्।”
राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ। बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनहरूमा क्षति पुर्याएको थियो। आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले टेलिभिजन सम्बोधनमा शुक्रबार राति ८ बजेदेखि क्षतिग्रस्त क्षेत्रमा प्रवेश प्रतिबन्धित गरिएको घोषणा गरेका छन्।
चारवटा अग्ला भवन र सयौँ अपार्टमेन्ट रहेको ला ग्वाइराको एउटा आवासीय कम्प्लेक्समा अधिकांश भवनहरू लगभग पूरै ध्वस्त भएका छन्। “दुःखद कुरा, भवन पूर्ण रूपमा भत्किएका छन् र बाँचेकाहरू भेट्टाउने सम्भावना निकै कम छ। अब हाम्रो प्रयास मृतकहरूको शव निकालनामा केन्द्रित हुनेछ,” उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको बताउँदै भने।
अन्यत्र भने परिवारका सदस्यहरू, छिमेकीहरू र स्वयंसेवकहरूले आफ्नो खाली हातले बाँचेकाहरूलाई निकाल्ने प्रयास गरिरहेका छन्। उनीहरूले ठूला मेसिनरी सहयोग नभएकोमा दुःख व्यक्त गरेका छन्।
“म मेरो सानो गाएललाई खोजिरहेको छु। ऊ मात्र ५ महिनाको थियो,” ४० वर्षीया मार्जोस्ली सालाजारले दुःख व्यक्त गर्दै भनिन्। भूकम्पमा परेकी उनकी अर्की १६ वर्षीया छोरी मृत अवस्थामा भेटिएकी थिइन्। सालाजारको छोरा र भतिजी दुवै बेपत्ता छन्।
उनले भनिन्, “हामीलाई यहाँ सहयोग चाहिएको छ। स्तम्भहरू उठाउन मेसिनहरू चाहिएका छन्। तर हामीले यहाँ कुनै १ जना पनि सरकारी अधिकारी देखेका छैनौँ।” काराकासको एक उच्च वर्गीय समुदायको बसोबास रहेको छिमेकमा पुग्दा कार्यवाहक राष्ट्रपति रोड्रिगेजविरुद्ध नारा लगाउँदै भग्नावशेषमुनि आफ्ना आफन्तहरू फसेका परिवारका सदस्यहरूको भीडले आक्रोश पोख्यो।
“सरकारले जनताका लागि केही पनि गरिरहेको छैन,” उनीहरूले भग्नावशेष भएको भवन नजिकको घेराबार पछाडिबाट चिच्याउँदै भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
