बेलायतको प्रधानमन्त्रीको दौडमा पूर्वप्रधानमन्त्री बोरिस जोनसन, ऋषि सुनाक र बेलायती हाउस अफ कमन्सकी सभामुख पेनी मरडन्ट छन्।
न्युजिल्यान्डले अस्ट्रेलियामा सफलताको स्वाद चाख्न नपाएको एक दशकभन्दा बढी भइसकेको छ।
असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।
नेपाल प्रहरीले तिहारमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।
पाकिस्तानी निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचनमा भाग लिन आयोग्य ठहर गरेको छ।
नेकपा माओवादीका अध्यक्ष दाहालले गठबन्धनमा आवद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात हुने बताएका छन्। उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरे आफूले पनि जित्न नसक्ने चेतावनी दिए।
पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।
नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगमको विकल्प खोज्ने भएको छ। निगमका कर्मचारीले आन्दोलन र हड्ताल गर्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिम बढेको प्राधिकरणको भनाइ छ।
कमेडीयन अपूर्व क्षितिजले मुद्दा जितेरै छाड्ने बताएका छन्। नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनलाई सामान्यरूपमा नलिने नेता कार्यकर्तालाई आग्रह गरेका छन्। उनले देशमा अहिले दुईवटा विचार र प्रवृत्ति आमनेसामने भएको पनि बताए।
बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले पदभार ग्रहण गरेको ६ हप्तामै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्।
वातावरण विभागले प्लाष्टिकका फूलमाला बिक्रीवितरण रोक्न अनुगमन गर्ने भएको छ। बजारमा प्लाष्टिकका फूलमाला बेचेको भेटिए १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जनाएको छ।
नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा पक्राउ परेका कमेडीयन २.५ लाख धरौटीमा रिहा भएका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतले रिहा गर्न आदेश दिएको हो।
दिल्लीमा पटका उत्पादन गर्ने, भण्डारण गर्ने र बेच्नेलाई ३ वर्षसम्मको कैद सजाय र ५ हजार भारतीय रुपैयाँ जरिवाना तिराइने भएको छ। त्यस्तै, पटका पड्काउनेलाई पनि ६ महिना कैद तोकिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वन्यजन्तुलाई जलवायुजन्य असर नहुने गरी व्यवस्थापन गर्न तथा मानवबस्ती कुनै खतरा नहुने गरी कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तदारुक नहुँदा अधिकांश प्रतियोगितामा दर्शकको संख्या न्यून देखिएको छ भने स्थानीय खेलकुद संघ तथा खेलप्रेमीहरू असन्तुष्ट देखिएका छन्।
सैन्य कानून लागू हुँदा कर्फ्यू लाग्नुका साथै नागरिकको घर तथा सम्पत्ति जफत् गर्ने र स्रोत परिचालन गर्ने अधिकारसमेत सेनालाई हुन्छ।
भारतले प्रतिष्ठित पुलित्जर पुरस्कार विजेता कश्मिरी फोटो पत्रकार सना इर्शाद मातोलाई देशबाहिर जान रोकेको छ।
बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घाइतेको प्रहरी, सशस्त्र, सेनाको टोलीले उद्दार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।